Home / News / समाचार (page 40)

समाचार

विशेस समाचार

नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जना पक्राउ

भदौ २ । नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जना पक्राउ परेका छन् । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो धरान पुगेर म्यानेजरसहित ११ कर्मचारीलाई पक्राउ गरेको जानकारी ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक …

Read More »

नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, राहतमा सहयोग गर्ने प्रतिवद्धता

भदौ २ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकारको तर्पmबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता …

Read More »

शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउनुस्– निर्वाचन आयोग

भदौ २। निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन अवधिमा शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको …

Read More »

उग्र राष्ट्रवादले मुलुकको हित गर्दैनः अध्यक्ष प्रचण्ड

भदौ २। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताए । पार्टी सम्बद्ध सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अन्धराष्ट्रवादले निरंकुशतालाई प्रश्रय दिने भएकाले युवाले त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको बताए । …

Read More »

बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन निर्देशन

भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन मातहतका निकायलाई आज निर्देशन दिएका छन् । कैलालीको टीकापुर र भजनी क्षेत्रमा बाढीग्रस्त क्षेत्रको हवाई निरीक्षणपछि टीकापुरस्थित हवाई मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राज्यका सबै निकाय राहत वितरणमा खटिएको जानकारी दिँदै बाढी र डुबान प्रभावितले भोकभोकै …

Read More »

मङ्सिर ४ र २१ मा प्रदेश र केन्द्रको निर्वाचन गर्न सुझाव

साउन १ । एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारीसहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर ४ र …

Read More »

पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित

भदौ १ । पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ । साउन २६ गतेदेखि २९ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेका खोलाको पानी मानवबस्तीमा प्रवेश गर्दा दुई हजारभन्दा बढी घर डुबान हुँदा त्यसबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका हुन् । …

Read More »

दुर्घटनामा नगर सभापति खड्काको मृत्यु

भदौ १। मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित …

Read More »

बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

साउन ३२ । स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने बताएको छ । विभागले आज पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा महामारी फैलिएको भन्ने कुरामा …

Read More »

बाँकेमा बाढीबाट ४७ हजार प्रभावित

साउन ३२। बाँके जिल्लामा बाढी तथा डुबानवाट नौ हजार ४८२ घरधुरीका ४७ हजार ४१० जना प्रभावित भएको प्रारम्भिक तथ्याँक यहाँ सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीवाट जिल्लामा तीन जनाको मृत्यु भएको, ८५३ घर पूर्णरुपमा क्षति भएको र आंशिक रुपमा तीन …

Read More »