Home / News / समाचार (page 5)

समाचार

विशेस समाचार

दशैं मान्न जाँदा गफ चुट्ने थलो हो एनआरएन ?

आसन्न निर्वाचन, वाम तालमेलले गर्माएको काठमाडौंमा अहिले अर्को कारण पनि थपिएको छ– गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन र चुनाव । यसरी भनौं– समाजिक सञ्जाल, चोक–चौतारा, तारे होटलमा गफको मेलोमा अर्को एजेण्डा थपिएको छ । ‘विभिन्न कारणले देश छोडेकाहरुले प्राप्त गरेको सीप र पूँजीलाई एकीकृत गरी नेपाल र नेपालीका लागि …

Read More »

वाम गठबन्धनबारे मुख खोल्दै भारतले भन्यो– तालमेल आन्तरिक मामिला

असोज २७ । भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित …

Read More »

अनशन स्थलबाटै केसले सभामुखलाई भने– ‘सक्रिय भूमिका खेल्नुहोस्’

असोज २६ । अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । प्रा डा केसीले पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भने– ‘केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य …

Read More »

काँग्रेससँग पार्टी एकीकरण गर्न सकिने गच्छदारको भनाई

असोज २६ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलम सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य …

Read More »

प्रचण्ड र ओलीलाई देउवाको जवाफ– ‘ढुक्क हुनुहोस् निर्वाचन सर्दैन’

असोज २६ । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर निर्वाचन आचारसंहिता र संविधान विपरित काम नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले, महासचिव बादल लगायतले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद …

Read More »

गौचनको अन्त्येष्टि

असोज २६ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएको स्व गौचनका काका ओमकारले जानकारी दिए …

Read More »

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

असोज २६ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् । गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन …

Read More »

अध्यक्ष गौचनको शव परिवारले बुझ्यो

असोज २६ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझेको छ। सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले …

Read More »

अपांगता भएका पाँचजनालाई अमेरिकाबाट सहयोग

असोज २६ । मोरङको रतुवामाई– ८, इटहरास्थित तुलसीराम ढुंगानाका पाँचजना अपांगता भएका छोराछोरीका लागि अमेरिकामा रहेका नेपालीले रु ७५ हजार सहयोग गरेका छन् । बुधबार ढुंगानाको घरमै पुगेर मिक्लाजुङ गाउँपालिका–१ घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका सचिन राई, उनकी श्रीमती माला राई र छोरी आभा राईले सो रकम हस्तान्तरण गरेका …

Read More »

एनआरएनको दुई उपाध्यक्षमा सात जनाको उम्मेदवारी घोषणा

असोज २५ । गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् । अष्ट्रेलियामा बसोवास गर्दै आएकी रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, …

Read More »