Home / News / समाचार (page 9)

समाचार

विशेस समाचार

पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त

असोज २४ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पार्टीका मुख्य …

Read More »

कांग्रेस–एमालेले काठमाडौँका १० वटै क्षेत्रबाट उम्मेदवार चयन गर्यो, कुन क्षेत्रबाट कसको नाम ?

असोज २३ । प्रमुख दल नेपाली कांग्रेस र एमालेले यही मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक काठमाडौँका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गरेका छन् । कांग्रेसले क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत सिफारिश गरेको छ । क्षेत्र नं १ मा नेकपा …

Read More »

नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत

असोज २३ । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।सिलवालले प्रहरी प्रमुख बन्न पाउँनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयसम्म स्वीकृत भएको थिएन । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत …

Read More »

मोहन वैद्यको आरोप– ‘वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति’

असोज २३ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन् । नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए । सच्चा क्रान्तिकारी कम्युनिष्टहरु …

Read More »

जिप दुर्घटनामा दुईजनाको मृत्यु

असोज २३ । पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो । अनिताको घटनास्थलमै …

Read More »

कैदीले मदिरा पिएपछि दैलेख कारागारमा तनाव

असोज २३ । दैलेख सदरमुकाम नारायण नगरपालिका–१ स्थित जिल्ला कारागारमा तनाव भएको छ । कारागार सुरक्षामा रहेका प्रहरी र कारागारका चौकादारबीच सामान्य विवादमा प्रहरीले गोली हान्ने धम्की दिएपछि तनाव भएको स्थानीयले बताएका छन् । यता जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरी देवकोटाले कारागारका चौकीदार जीवन शाहीले मदिरा …

Read More »

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए

असोज २२ । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेको विश्व दर्शन …

Read More »

दाउराले हानेर छोराद्वारा आमाको हत्या

असोज २२ । भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् । बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई …

Read More »

सर्वोच्च अदालतद्वारा खड्कालाई नहटाउन अन्तरिम आदेश

असोज २२ । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को …

Read More »