Home / News / साता सुन्दरी (page 2)

साता सुन्दरी

साता सुन्दरी

कला बेच्छु, आत्मसम्मान बेच्दिनः सपनासिंह ठकुरी

नायिका सपनासिंह ठकुरी ५ वर्षअघि नेपाली चलचित्र क्षेत्रमा होमिएकी हुन् । नेपालगञ्ज घर भएकी सपना चलचित्र क्षेत्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरिन् । नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’बाट आफ्नो कलायात्रा सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदीयमान नायिका सपना विगत ८ वर्षदेखि नेपाली सिनेमा जगतमा छाउँदै आएकी छिन् । …

Read More »

अमेरिकाको बर्गरले केकीलाई सास्ती

नेपाली चलचित्र क्षेत्रमा नायिका केकी अधिकारी निकै नै परिचित नाम हो । नेपाली गीत–संगीतमा मात्र होइन टेलिभिजन विज्ञापन र ठूला पर्दाका चलचित्रमा पनि उनी चल्तीकी नायिका हुन् । त्यति मात्र होइन सत्यमोहन जोशीले लेखेको ऐतिहासिक नाटक चारुमतीमा समेत उनले अभिनय गरेकी छन् । सन् १९८९ को डिसेम्बरमा काठमाडौंको जोरपाटीमा जन्मिएकी …

Read More »

प्रेमगीतबाट चर्चामा अञ्जु पन्त

गायक मनोज सेवासँगको डिभोर्सपछि गायिका अञ्जु पन्त पहिलाजस्तो तनावमा देखिएकी छैनन् । निकै शान्त तथा आरामदायी देखिएकी छन् उनी । अञ्जु सिंगल लाइफमा खुशी देखिएकी छन् । डिभोर्स अगाडिसम्म जतिखेर पनि तनावमा देखिने गरेकी अञ्जु त्यो बेला दुब्ली–पातली थिइन् । हाल आएर अलि मोटाएकी छन् उनी । मोटाउनुको कारणबारे प्रश्न …

Read More »

शिल्पा पोखरेल भन्छिन्– आलोचना पचाउन सक्छु

नायिका शिल्पा पोख्रेलले अभिनय गरेको चलचित्र वृन्दावन भदौमा रिलिज हुने भएको छ । वृन्दावनमा उनी मुख्य भूमिकामा छिन् । छविराज ओझामार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी उनले यस क्षेत्रमा आफ्नो परिधि पनि बनाएकी छन् । रेखासँगको सम्बन्ध बिग्रिएपछि छविले शिल्पालाई खोजेरै यो क्षेत्रमा भित्र्याएका हुन् । त्यसो त शिल्पाले धेरै म्युुजिक …

Read More »

एक पलमा केसीको परीक्षा

नायिका जेनिशा केसी अभिनित चलचित्र एक पल सार्वजनिकको तयारीमा छ । ट्रेलर सार्वजनिकसँगै नेपाली चलचित्र क्षेत्रमा उनको चर्चा शुरु भएको छ । चलचित्रमा उनी सरल स्वभावमा प्रस्तुत भएकी छन् । उनले दर्शकलाई चलचित्रमा तानेकी छन् । केसी नेपाली चलचित्र क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्ने नायिकाको सूचीमा पर्छिन् । चलचित्र गिरफ्तारबाट …

Read More »

म्युजिक भिडियोले सुप्रिया मालामाल

नेपालमा चलचित्रभन्दा गीतका भिडियोको बजार फस्टाएको छ । आम्दानी नभए पनि धेरैले यसमा रहरैले लगानी गरिरहेका छन् भने कोही भने बाध्यताले । जे–जस्तो भए तापनि केही चल्तीका मोडललाई भने यसले राम्रै फाइदा दिने गरेको छ । यसक्रममा दर्जनौ गीतका भिडियोमा अभिनय गर्ने मोडल सुप्रिया कटुवाललाई पनि यस क्षेत्रले नाफा दिलाएको …

Read More »

अभिनय, कृषिकर्मपछि उपन्यास लेखनतिर बिनिता

नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो नायिका बिनिता बराल । चलचित्र क्षेत्रमा अभिनयले मात्र होइन उनको चर्चा कृषि क्षेत्रमा समेत हुने गरेको थियो । अब चर्चाको अर्को क्षेत्र पनि थपिएको छ । उनी लेखकको रुपमा पनि अगाडि बढेकी छन् । अहिले उनको उपन्यास जुइनो तयार भैसकेको छ । लेखनसँगै चलचित्र …

Read More »

चलचित्रको कथाजस्तै रञ्जिताको यथार्थ

रञ्जिता अधिकारीको सपना नायिका बन्नु हो । ठूल्ठूला होर्डिङ बोर्डमा सजिने रञ्जिताको अर्को सपना हो । रञ्जिताले यी दुई सपना देखेको धेरै समय भैसकेको छ । यद्यपि उनी यी दुई सपनाको नजिक–नजिक मात्र पुगेकी छन् । नायिका तथा मोडल बन्ने गेट वे खोजिरहेकी रञ्जिताले त्यो गेट वे भेटाइसकेको बताइन् । …

Read More »

प्रेममा विश्वास छैनः मरिष्का

नेपाली चलचित्र क्षेत्रमा करियर शुरु गरेको छोटो समयमै चर्चामा आएकी नवनायिका मरिष्का पोेखरेलले नेपाली रजतपटमा आफ्नो गति ह्वात्तै बढाएकी छन् । ‘के म तिम्रो होइन र’ नामक चलचित्रबाट करियर शुरु गरेकी उनको चलचित्र आउँदो शुक्रबार सार्वजनिक हुने भएको छ । आकर्षक फिगरका कारण विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी पोखरेलले आफ्नो …

Read More »

खुश्बुको खुबी

चलचित्र क्षेत्रमा साइनो नामक चलचित्रबाट प्रवेश गरेकी नायिका खुश्बु खड्का एकैसाथ ६ वटा चलचित्र प्रदर्शनमा आउने भएपछि एकाएक चर्चामा छन् । सात वर्षदेखि यस क्षेत्रमा क्रियाशील उनले अपेक्षित सफलता नपाएको गुनासोसमेत गरेकी छन् । उनले सफलताका लागि पर्खिरहेको बताएकी छन् । सिन्धुपाल्चोकमा जन्मिएकी खुश्बु काठमाडौं आउँदा खेलाडी बन्ने उद्देश्य बोकेर …

Read More »