Home / News / खेलकुद (page 3)

खेलकुद

खेलकुद

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

चैत १५ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ …

Read More »

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

 चैत १४ । नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा …

Read More »

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

चैत ३ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा आयोजक कमिटीका सचिव विनोद महर्जनले जानकारी दिए …

Read More »

नेपाली क्रिकेट टोलीको घोषणा,कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल

चैत २ । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक …

Read More »

नेपाल केन्यासँग ५ विकेटले पराजित

फागनु २८ । नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । २४ ओभरको पहिलो बलमा सोमपाल कामीको बललाई केन्याले छक्का प्रहार गर्दै ५ विकेटको जित निकालेको हो । केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो । वर्षाका कारण ३८ …

Read More »

सेल्टाभिगोमाथि बार्सिलोनाको ५–० को शानदार जित

फागनु २२ । लिओनल मेस्सीको उत्कृष्ट दुई गोलसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० को शानदार जित हात पारेको छ । मेस्सीको गोलसँगै बार्सिलोनाले २४ औं मिनेटमा अग्रता लिएको थियो । ४० औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो होफमा ८ मिनेटभित्र …

Read More »

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर

  फागुन ९ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’ को पुरस्कारको राशि दोब्बर पारेको छ । आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने आयोजित पत्रकार सम्मेलनमा …

Read More »

फिफा वरियतामा नेपालको छ स्थान सुधार

पुस २८ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका …

Read More »

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

पुस १८ । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए। उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट …

Read More »

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

पुस १३ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । …

Read More »