Home / News

News

News category

नयाँ शक्तिले चुनाव चिह्नबारे प्रमलाई ज्ञापन बुझायो

  चैत १७ । चुनाव चिह्नका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साना दलले आज संयुक्त ज्ञापन बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित विभिन्न साना दलले ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा संसद्मा रहेका दलले मात्र देशभर एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा …

Read More »

म्यादी प्रहरीका लागि एक लाख ७२ हजारको आवेदन

  चैत १७। स्थायी निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा आजसम्म एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । सोअनुसार …

Read More »

आफैले जन्माएको शिशु गाड्ने आमा पक्राउ

चैत १७। बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ । शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बच्चा जन्माउने बेला भएपछि उपचारका लागि …

Read More »

बालिका बलात्कृत गर्ने शर्मा प्रहरी खोरमा

  चैत १७। धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् । घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रक्ताम्मे अवस्थामा फेला पारेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ । …

Read More »

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए । आगामी बडादसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको …

Read More »

मधेसमा निर्वाचनको माहोल बन्दै, मोेर्चा कार्यकर्ताले लगाएको ताला प्रहरीले फुटायो

  चैत १७। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले फुटाएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले …

Read More »

नेता पौडेल भने–निर्वाचन अनिवार्य छ

चैत १७। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने बताए । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पौडेलले यस्तो बताएका हुन् । उनले स्थानीय निकायको निर्वाचन नभए प्राप्त भएको उपलब्धिसमेत गुम्ने खतरा भएका कारण स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए । वरिष्ठ नेता पौडेलले मधेसी मोर्चासँग वार्ता …

Read More »

सेती नदीमा दुई बेपत्ता

  चैत १७ । सेती नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । नुहाउने क्रममा शिखर नपा–१ गेरुपानी भन्ने ठाउँबाट सेती नदीमै बगेर भारत सैदानपुर उत्तरप्रदेशका २४ वर्षीय विनोदकुमार बेपत्ता भएका छन् । उनी क्रसर अपरेटरका रुपमा दीपायलमा काम गरिरहेका थिए । सतना गेल्पा प्रालिले निर्माण गरिरहेकोे एयरपोर्ट स्तरोन्नति …

Read More »

बसले ठक्कर दिँदा सेनाका दुई जवान गम्भीर घाइते

  चैत १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् । महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ …

Read More »

म्यादी प्रहरी भर्नामा मधेसकै युवाको सहभागिता अत्यधिक

चैत १७। स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन बिहान ७ बजेदेखि नै लाइनमा बस्दै आएका छन् । बिहानैदेखि लाइनमा बसेका युवायुवतीले पढाइ भएपनि त्यही …

Read More »