Home / News / विचार (page 10)

विचार

विचार

भद्र सहमतिभित्रको अभद्र राजनीति

उल्लसित शब्दको कुटिल प्रयोग नेपाली राजनीतिक रंगभूमिमा समय–समयमा बहुअर्थी भनौं या उल्लसित शब्दहरुको कुटिल प्रयोग हुने गरेको पाइन्छ । पछिल्लो दशकमा ‘ग्रान्ड डिजाइन’ले खुब राजनीतिक बजार तताएको थियो । त्यो ग्रान्ड डिजाइन के थियो ? कसको थियो ? कस्तो थियो ? आजसम्म पनि भेद खुलेको छैन । सबैको आ–आफ्नो अड्कलबाजीको …

Read More »

के हो अहिलेको संवैधानिक जटिलता ?

राष्ट्रपतिले सर्वोच्च अदालतको राय माग्ने सम्भावना डीआर उपाध्याय/काठमाडौं आजसम्मको राजनीतिक घटनाको विकासक्रम हेर्दा अब के स्पष्ट भयो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सजिलै प्रधानमन्त्री बनिहाल्दैनन् । संसद्ले अविश्वासको प्रस्ताव पारित गर्नेबित्तिकै तत्काल अर्को सरकार गठनको प्रक्रिया शुरु पनि भइहाल्दैन । नेपालको संविधान २०७२ ले संक्रमणकालीन वर्तमान अवस्थामा सरकार …

Read More »

नेपाली मिडियामा सेल्फ सेन्सरसिपको डरलाग्दो अवस्था

रोसन पुरी सेल्फ सेन्सरसिपको अर्थ आफूले आफैंलाई नियन्त्रण गर्ने भन्ने लाग्छ । पत्रकारितामा सेल्फसेन्सरसिप भनेको विभिन्न कारणले गर्दा आफैं जाँच्ने वा काटछाट गर्नुपर्ने बाध्यता हो । यस्तो बाध्यात्मक प्रयोग अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका, ब्लगलगायत पत्रकारिताका हरेक विधामा हुने गर्छ । यसलाई सेल्फसेन्सरसिप भनिन्छ । पत्रकारिता बाहिरका क्षेत्रहरु जस्तै– चलचित्र, पुस्तक …

Read More »

जुत्ताको चित्रमा रुमल्लिएको स्वाभिमान

 ‘नेपाल’ शब्दभित्र ओजिलो स्वाभिमान छ । किनकि नेपालले कहिल्यै आफ्नो इमान गुमाएको छैन । भनाइको तात्पर्य के हो भने– नेपाल नामले इतिहासमा कहिल्यै पनि गुमनाम हुनु परेन । सदासर्वदा सार्वभौम सम्पन्न ‘नेपाल’ जस्तै कहिल्यै पनि औपनिवेशिक नबनेका अन्य ७ देशहरु लाइबेरिया, इथियोपिया, भुटान, थाइल्याण्ड, इरान, चीन र मंगोलियाका नागरिकहरुले पनि …

Read More »

सरकार छाडेको डरले त होइन कामरेड ?

हुन त ढिलोचाँडो यो हुनु नै थियो । तर, यति छिटो चाहना र उद्देश्य सार्वजनिक होला भनेर सायदै नेपाली जनताले बुझेका थिए होलान् । प्रसंग हो, एकीकृत नेकपा माओवादी हालको नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने र अर्को सरकार बनाउन अग्रसरता लिने भनी गरेको निर्णय । माओवादीले सरकार छाड्ने …

Read More »

प्रचण्डको पिरती र देउवाको तुरुपमा अल्झिएको ओली सपना

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल तीव्र पार्ने निर्णय गरेसँगै नेपाली राजनीतिमा फेरि नयाँ तरंग सिर्जना भएको छ । केही महिनाअघि सरकार फेरबदलको सन्देशसहित दिल्ली दौडाहा गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत गणितीय खेलमा असफल बनेपछि त्यत्तिकै तुहिएको सरकार फेरबदलको सूत्र फेरि तरंगित हुन थालेको …

Read More »

हल्स संस्कार, ठेस नलाग्ने देश र हराएको पैसा

पङ्तिकार यतिबेला ‘हिंडदा ठेस लागेर नलड्ने’ देशबाट आलेख कोर्दै छ । हो, संयुक्त राज्य अमेरिका । त्यसो भन्दैमा अमेरिकामा मान्छे लड्दै लड्दैनन् भन्ने चाहिं होइन । जहाँ ठेस लागेर बाटोमा लड्ने सम्भावना न्यून हुन्छ भन्न खोजिएको हो । ९८ लाख ३३ हजार ५ सय १७ वर्गकिलोमिटर क्षेत्र आप्रवासी बाहुल्यता भएको …

Read More »

संविधान कार्यान्वयन र स्थानीय चुनावको प्रसंग

संविधान निर्माणको महत्वपूर्ण चरण पार भएको छ । संविधान निर्माणपछि विधि पद्धतिअनुरुप देश एउटा दिशामा अघि बढ्ने जनअपेक्षा रहेको थियो । अस्थिर राजनीति अवस्थाको अन्त्य भई स्थिरतातर्फ मुलुक अघि बढ्ने र अड्किएको विकास यात्राले निरन्तरता पाउने आशा अहिलेसम्म आशामा मात्र सीमित बन्न पुगेको छ । देश अहिले संक्रमणकालीन अवस्थाबाटै अघि …

Read More »

गफै त हो, के भो र ?

विश्वसन्देशका प्रधानसम्पादक विजय पौडेलले भोलि छापिने पत्रिकाका लागि मलाई २ घण्टा समय दिएर ७ सय शब्दसम्मको एउटा लेख माग्नु भो । मेरो इनपुट शून्य भएकोले आउटपुट निकाल्न मलाई गाह्रो प¥यो । क्यानाडा नेपाल डट नेट खोलेर विषयबस्तु खोज्दै जाँदा सबैभन्दा बढी विषय प्रधानमन्त्री केपी ओलीको भाषण, गफ, टीकाटिप्पणी, विकासको सपना …

Read More »

विमानस्थलमा नाकाबन्दी गरेर विकास अघि बढ्दैन

रविन्द्र अधिकारी संसद्को विकास समितिले विगत केही समयदेखि निरन्तर चलाएको छलफलपछि हामी राजनीतिज्ञले बुझेको विकास र हुनुपर्ने विकासमा धेरै फरक रहेछ भन्ने महसुस भइरहेको छ । दिनहुँजसो हुने शीर्ष नेताहरूको बैठकमा देश विकासको एजेण्डाले समय पाएको छैन । दोस्रो जनआन्दोलन पछाडि ८ वर्ष हामीले नयाँ संविधान बनाउने भन्दै खेर फाल्यौं …

Read More »