Home / News / विचार (page 4)

विचार

विचार

५ लाख डलर लगानी गरे सपरिवारलाई ग्रीनकार्ड

अमेरिकाको अध्यागमन विभागले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक विकासहेतु स्वीकृत दिएका इबी ५, रिजनल सेन्टरहरुमा धेरै लगानीकर्ताको आवश्यकता पर्छ । यस्ता आयोजनामा कुनै विदेशी लगानीकर्ताले कानुनी रुपबाट आर्जन गरेको ५ लाख अमेरिकी डलर लगानी गरेमा लगानीकर्ता र निजको श्रीमान् वा श्रीमती अनि २१ वर्ष ननाघेका अविवाहित छोराछोरीले अमेरिकाको ग्रीनकार्ड …

Read More »

संविधान कार्यान्वयनमा अड्किएको गाँठो

संविधानसभाले संविधान जारी गरेको एक वर्ष पुग्न लागेको छ । जारी संविधानको कार्यान्वयनमा जटिलता भने झन्झन् बढ्दै गएको छ । राजनीतिक शक्तिहरुका बीचमा सन्तुलित सहमतिले मात्र संविधान कार्यान्वयनको पक्ष बलियो हुन सक्नेछ । तर, संविधान निर्माणको यो एक वर्षको छोटो अवधिमा समेत सत्ता खिचातानीको खेलले दलहरुबीचको सम्बन्धलाई कमजोर पारेको छ …

Read More »

माओवादी नेतृत्वको सरकार र संविधान कार्यान्वयनको प्रश्न

कुनै पनि मुलुकको राजनीति र कोरा नारामा सीमित रह्यो भने त्यस्तै समस्याको समाधान हुँदैन । त्यसैले राजनीति वस्तुगत परिस्थितिमा आधारित र यथार्थ धरातलसँग मेल खाने हुनुपर्छ । परिस्थितिको वास्तविकताको ख्यालै नगरी या भनौं त्यसको ठोस विश्लेषणबिना लोकप्रियताका लागि मन चाहँदो नीति र योजनाहरु तय गरियो भने अन्ततः त्यसले आवश्यकताबाहेक अर्को …

Read More »

भद्रगोल भाषा 

पछिल्लो समय नेपाली भाषाबारे विभिन्न दृष्टिकोण आइरहेका छन् । पुरानो एवम् नवीन वर्णानुक्रम अनुसरण गर्नेहरूबीच एक किसिमको शीतयुद्ध नै चलिरहेको छ । तर, वास्तवमा निष्पक्ष भएर हेर्ने हो भने अहिले भाषालाई सरलतातिर लैजान्छौं भन्नेहरूले नै यसको वास्तविक पहिचान नामेट गर्नेतर्फ लागेको अनुभूति हुँदै छ । यस सम्बन्धमा मेरो आफ्नै अनुभव …

Read More »

साडी दोहरिएला है ?

‘तीजमा रातै साडी लगाए पनि पोहर–परार लगाएकै साडी हो कि अर्कै किनेर लगाएछन् ? भनेर हामी त फोटोलाई जुम गरीगरी बुट्टा हेर्छौं ।’ भर्जिनियाबाट आउनुभएकी कल्पना दिदीको सिधासाफ कुरा मलाई असाध्यै मनप¥यो । मनको सफा लाग्यो । अधिकांश दिदीबहिनीले तीजमा अरुले अघिल्लो वर्ष लगाएको साडी नै हो कि नयाँ हो …

Read More »

यसकारण आएँ अमेरिका

मेरा एकजना मित्र छन्– विन्दुध्वज अधिकारी । उनका छोराछोरी अमेरिका र क्यानडामा सपरिवार बस्छन् । फेरि अर्का मित्र छन् मणि राणा । उनी बीबीसी नेपाली सेवाका पूर्वसञ्चालक पनि हुन् । उनको पनि एकमात्र छोरो अमेरिकामै बस्छन् । छोरो अमेरिकामा भएकै कारण मणि पनि उमा भाउजुसहित बराबर अमेरिका आउने–जाने गर्दछन् । …

Read More »

शरणार्थीबाट ग्रीनकार्ड पाएकाले एक वर्षअगाडि नै नागरिकताको आवेदन दिन पाउँछन्

अमेरिकाको नागरिकता पाउनका लागि विदेशीले ग्रीनकार्ड पाएको हुनुपर्दछ । अमेरिकामा ग्रीनकार्ड विदेशीहरुले विभिन्न तरिकाबाट प्राप्त गर्दछन् । जसमध्ये अमेरिकी नागरिकसँग विवाह गरी ग्रीनकार्ड पाएका व्यक्तिले ग्रीनकार्ड पाएको ३ वर्षभित्र, अन्य पारिवारिक नाताका कारणबाट र कामदारको हैसियतले ग्रीनकार्ड पाउनेले ग्रीनकार्ड प्राप्त गरेको ५ वर्षमा अमेरिकी नागरिकताका लागि अध्यागमन विभागसमक्ष निवेदन दिन …

Read More »

नेपाली महिलाहरूको प्रवास पीडा

शान्ता अधिकारी घिमिरे नेपाली महिलाहरुको प्रवास यात्रा या बसाइँसराइ अनुभवबारे निकै थोरै लेखिएका छन् । श्रमिक नेपाली महिलाहरु के–कस्ता दुःख झेल्दै प्रवास पुग्छन् र कति सास्ती खान बाध्य हुन्छन् भन्ने कुरा एउटा पाटो छ भने बसाइँ सरेर विदेशी भूमिमा पुगेका नेपाली महिलाहरु के–कस्तो मानसिक, सामाजिक, सांस्कृतिक विचलन र दोधारमा नयाँ …

Read More »

पुष्पकमलको सत्ता–यात्राका चुनौती

नेपालको राजनीति नयाँ मोडमा आइपुगेको छ । राजनीतिक समीकरण फेरिएको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका बीच सत्ता राजनीति हावी भएको छ । संविधान घोषणापछिको यो छोटो अवधिमा मुलुकमा दोस्रो सरकार निर्माण हुँदैछ । पहिलो दलको समर्थनमा तेस्रो दल सरकारको नेतृत्वमा आएको छ । दोस्रो दल प्रतिपक्षमा उभिएको छ । …

Read More »

अर्को लेण्डुप नजन्मोस्

मानिसलाई हिरो समयले बनाउँछ र जिरो पनि समयले नै । विशेषगरी राजनीतिज्ञहरुको जीवनपथ टेबुल टेनिसको ‘फ्लुक बल’ जस्तै हुन्छ । कहिले (एज) धारमा लागेको कारणले जितिन्छ कहिले सोही कारणले हारिन्छ । यसपाली केपी ओलीको थुप्रै बलहरु राम्रा फ्लुक साबित भए, सोही कारणले हिरो बने । नेपालमा ज्यानमाराहरु सबै बिदा (सुविधा …

Read More »