Home / News / अर्थ

अर्थ

अर्थ

७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा

चैत ९ । सरकारले पुनर्संरचित स्थानीय निकायलाई अनुदान रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले बिहीबार ७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा गरेको हो । स्थानीय निकाय पुनर्संरचना भएपछि अर्थले प्रत्येक निकायलाई १ करोड रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने भनेको थियो । अर्थले …

Read More »

ब्यापारीलाई चुनाव लाग्यो

चैत २ । उद्योग वाणिज्य महासंघको चुनावमा रुची भएका ठूला–साना सबै व्यवसायीलाई चुनाव लागेको छ । चुनावका लागि उम्मेदवार छनोट, भोट माग्नेलगायतका काम सुरु भएको छ । अन्नपूर्ण पोस्ट् दैनिकले यहीं समाचारलाई आर्थिक पृष्ठमा महत्वका साथ छापेको छ । नागरिक उड्डयन प्राधिकरणको बोनस सन्दर्भमा ‘अख्तियारले जफत गर्‍यो कागजपत्र’लाई पनि अन्नपूर्णले …

Read More »

एनसेललाई ३६ अर्ब कर तिराउन महालेखाको निर्देशन

चैत १ । सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ । मन्त्रिपरिषद्को निर्णय माइन्युट नै नभई रद्द हुने सम्भावना बढेको छ । मन्त्रिपरिषद्को बुधबारको उक्त बैठकका लागि …

Read More »

नेपाल भित्रने रेमिट्यान्स हालसम्मकै उच्च पुग्यो, कुन देशबाट कति ?

फागुन २६ । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको छ । यो …

Read More »

३३ किलो सुन तस्करीका नाइके पक्राउ

फागुन १८। अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ …

Read More »

 नगद कारोबारको सीमा १० लाख

फागुन १६ । सरकारले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भन्दै पहिलो पटक नगद कारोबारको सीमा निर्धारण गरेको छ । आजको कारोबार दैनिकले नगद कारोबारको सीमा १० लाखलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सहुलियत ऋण नतिरे सरकारी सेवाबाट बञ्चितलाई पनि कारोबारले उल्लेख गरेको छ । परियोजना प्रमुख छनोटमा सरकारले हस्तक्षेप गरेको …

Read More »

वित्तीय अवस्थामा सुधार आवश्यकः गभर्नर

  फागुन १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थामा सुधार हुन आवश्यक रहेको बताएका छन् । कैलालीको अत्तरियामा भएको वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताए । मिडिया इन्टरनेशनलको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका …

Read More »

एयरपोर्टबाट सुन तस्करीमा सरकारी कार्यालयबीच एकअर्कालाई दोष

 माघ  २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने तस्करीको विषयलाई लिएर सरकारी कार्यालयहरुले एक अर्कोमाथि दोष थोपरेका छन् । सुन लगायतका बहुमूल्य वस्तुको तस्करीको विषयलाई लिएर विमानस्थल व्यवस्थापन र भन्सार कार्यालयले एक अर्कोमाथि दोष थोपरेका हुन् । विमानस्थलबाट हुने तस्करीबारेमा बुझ्न बिहीबार व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिका १३ जना सांसद् …

Read More »

उपप्रम तथा अर्थमन्त्रीलाई ब्रिफिङ्ग

माघ २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।  उपप्रधानमन्त्री महराले करिव डेढ घण्टा गभर्नर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरे ।  छलफलमा गभर्नर र सचिवद्धयले मुलुकको …

Read More »

सलाम नगर्दा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर कुटे

माघ २६ । जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी …

Read More »