Home / News / अर्थ (page 3)

अर्थ

अर्थ

 नगद कारोबारको सीमा १० लाख

फागुन १६ । सरकारले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भन्दै पहिलो पटक नगद कारोबारको सीमा निर्धारण गरेको छ । आजको कारोबार दैनिकले नगद कारोबारको सीमा १० लाखलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सहुलियत ऋण नतिरे सरकारी सेवाबाट बञ्चितलाई पनि कारोबारले उल्लेख गरेको छ । परियोजना प्रमुख छनोटमा सरकारले हस्तक्षेप गरेको …

Read More »

वित्तीय अवस्थामा सुधार आवश्यकः गभर्नर

  फागुन १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थामा सुधार हुन आवश्यक रहेको बताएका छन् । कैलालीको अत्तरियामा भएको वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताए । मिडिया इन्टरनेशनलको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका …

Read More »

एयरपोर्टबाट सुन तस्करीमा सरकारी कार्यालयबीच एकअर्कालाई दोष

 माघ  २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने तस्करीको विषयलाई लिएर सरकारी कार्यालयहरुले एक अर्कोमाथि दोष थोपरेका छन् । सुन लगायतका बहुमूल्य वस्तुको तस्करीको विषयलाई लिएर विमानस्थल व्यवस्थापन र भन्सार कार्यालयले एक अर्कोमाथि दोष थोपरेका हुन् । विमानस्थलबाट हुने तस्करीबारेमा बुझ्न बिहीबार व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिका १३ जना सांसद् …

Read More »

उपप्रम तथा अर्थमन्त्रीलाई ब्रिफिङ्ग

माघ २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।  उपप्रधानमन्त्री महराले करिव डेढ घण्टा गभर्नर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरे ।  छलफलमा गभर्नर र सचिवद्धयले मुलुकको …

Read More »

सलाम नगर्दा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर कुटे

माघ २६ । जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी …

Read More »

सुन तस्करीको जालोबारे भरियाको यस्तो बयान

२६ माघ । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर …

Read More »

भारतीय मुद्राबन्दीले नेपाललाई असर नपारेको विज्ञहरुको दाबी

माघ २३ । भारतीय मुद्राको प्रभावका कारण नेपालमा खासै असर नपारेको सरोकारवालाले बताएका छन् । प्रेसिडेन्टल विजनेस स्कुलले ‘भारतीय मुद्राको प्रभाव र नेपालमा असर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले मुद्राबन्दीका कारण नेपालमा सीमाक्षेत्रमा केही असर पारे पनि ठूलै हलचल ल्याउने खालको प्रभाव नपारेको स्पष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी …

Read More »

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने मोहम्मद यसरी पुगे प्रहरी खोरमा

माघ १८ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो …

Read More »

भारुको प्रतिबन्ध हटाउन दबाब

१८ माघ । ठूला दरका भारतीय रुपैयाँ (भारु) नोट कारोबारमा लगाइएको प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंकमाथि तीव्र दबाब परेको छ । ‘केही ठूला व्यापारीले हालै भारतमा प्रचलनमा ल्याइएका पाँच सय र दुई हजार दरका भारु नोट नेपालमा पनि कारोबार फुकुवा गर्न दबाब दिइरहेका छन् ।’ यस्तो दबाब कर्मचारी प्रशासनमार्फत भन्दा …

Read More »

वायुसेवामा हाकिमहरूले कार्यालयले खटाएको विभाग नसम्हाल्दा निगम अस्तव्यस्त

माघ १५ । नेपाल वायुसेवा निगमका अधिकांश हाकिमहरूले कार्यालयले खटाएको विभाग नसम्हाल्दा निगम नै अस्तव्यस्त बनेको खुलेको छ । पछिल्लो समय निगमले चारवटा विभागीय निर्देशकहरूको सरुवा गरेको छ, तर उनीहरू आफ्नो विभाग सम्हाल्न नजाँदा निगमको काम नै प्रभावित भएको बुझिएको छ । निगममा आठौं तहका कर्मचारीलाई १०औं तहले सम्हाल्ने विभागीय …

Read More »