Home / News / अर्थ (page 30)

अर्थ

अर्थ

शनिबारबाट सातामा ६० घन्टा लोडसेडिङ

 साउन २२ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले प्रशारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुग्दा लोडसेडिङ बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार शनिबारबाट सातामा ६० घन्टा लोडसेडिङ हुने भएको छ । पहिरोका कारण ५७ मेगावाट आपूर्ति अवरुद्ध भएको छ । कुसाहा कटैया प्रशारण लाइनको कण्डक्टर …

Read More »

ऊर्जालगायत पूर्वाधार निर्माणमा भारतको एक अर्ब अमेरिकी डलर सहयोग

साउन १८ । भारतले ऊर्जालगायत पूर्वाधार निर्माणमा एक अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । आयात निर्यात बैंकमार्फत ‘कन्सेसनल लाइन अफ क्रेडिट’ अन्तर्गत उक्त रकम उपलब्ध गराउन भारतले त्यस्तो प्रस्ताव गरेको हो । नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच …

Read More »

मोदी भ्रमणलाई राजनीतिक रुपमा सम्बन्ध विस्तारमा उपयोग गरौँः परराष्टविद्

साउन १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लेनदेनको विषय भन्दा पनि राजनीतिक रुपमा सम्बन्ध विस्तारमा उपयोग गर्नुपर्ने धारणा परराष्ट्रविद्हरुले राखेका छन् । उनीहरुले राजधानीमा बिहीवार आयोजित एक अन्तरक्रियामा यस्तो धारणा राखेका हुन् । कार्यक्रममा पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यले भारतीय प्रधानमन्त्रीको भ्रमणमा नयाँ सम्झौताहरु गर्ने हतार गर्नुभन्दा सम्झौताका …

Read More »

म्याग्दीका जनता चिराइतो खेतीतिर आकर्षित

साउन १२ । म्याग्दीको मध्य पहाडी क्षेत्र हिस्तानका जनताले अन्नबालीको विकल्प खोजेका छन् । उनीहरुले अन्नबालीको विकल्पमा जडिबुटी खेती शुरु गरेका हुन् । उनीहरुल उपयोगविहीन बनेको खेतीयोग्य जमिनमा चिराइतो खेती गरी त्यसको सदुपयोग गरेका हुन् । नेसरानी सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध ४५ घरधुरीले चिराईतो खेती शुरु गरेपछि त्यहाँ स्थानीयको …

Read More »

पुल दन्त्यकथा बनेपछि राँगा गाडाबाट ओहोर–दोहोर

साउन ११ । भद्रपुरसँग जोडिएको मेची नदीमा पुलको अभाव भएपछि त्यहाँका बासिन्दाले बर्षा याममा राँगा गाडाबाट शुल्क तिरेर ओहोर–दोहोर गर्नुपर्ने बाध्यता भएको छ । मेची पुला निर्माण गर्ने कुरा अहिले त्यहाँका बासिन्दालाई दन्त्यकथा झैं लाग्न थालेको छ । बर्खे भेलको समेत पर्वाह नगरी हिजोआज राँगा गाडाबाट मानिसले ओहोर–दोहोर गर्नुपर्ने बाध्यता …

Read More »

मेगा बैंक नेपाल लिमिटेड पाचौँ वर्षमा प्रवेश

असार ७ । मेगा बैंक नेपाल लिमिटेडले बुधबार आफ्नो चौंथो बार्षिकोत्सव मनाएको छ । काठमाडौंको कान्तिपथस्थित मेगा महलमा आयोजित विशेष कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा. डा. मदनकुमार दाहालले वितेको बर्षलाई सुनौलो बर्षको संज्ञा दिए । दाहालले सँगै खुलेका अन्य बैंक भन्दा आफुले धेरै लाभांश बाँड्न सक्नु उपलब्धि भएको बताए । …

Read More »

मौद्रिक नीति सार्वजनिक, मौद्रिक नीतिलाई कसिलो बनाइएको गभर्नरको भनाई

साउन २ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति दरलाई वार्षिक औसत आठ प्रतिशत कायम राख्दै छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख लक्ष्य लिएको छ । शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो लक्ष्य लिइएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले मौद्रिक नीति सार्वजनिक गर्दै कम्तीमा आठ महिनाको …

Read More »

ईपानको बजेट सकारात्मक भएको प्रतिक्रिया

साउन १ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ईपानले आर्थिक वर्ष २०७१र७२को बजेटको स्वागत गरेको छ। सरकारले उज्यालो नेपाल समृद्ध नेपाल अभियानका साथ तीन वर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्न प्रतिवद्धता जनाएकोमा इपानले स्वागत गरको हो। उर्जा तथा पूर्वाधार विकासमा उच्च लगानी गर्ने घोषणालाई पनि यो सस्थाले स्वागत गरेको छ। बजेटले …

Read More »

एमआरपीबाट वार्षिक करिव रु ९ अर्ब राजश्व संकलन

साउन १ । अहिलेसम्म २२ लाख मेसिन रिडेबल पासपोर्ट एमआरपी वितरण भएको राहदानी विभागले जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । दुई वर्ष सात महिनाको अवधिमा करिब २२ लाख एमआरपी जारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस बीचमा राहदानी विभागले …

Read More »

बजेटबारेको छलफल शुरु

असार ३१ । व्यवस्थापिका संसदमा बजेटबारे छलफल सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. रामशरण महतले पेश गरेको बजेटका सम्बन्धमा व्यवस्थापिका संसदमा छलफल शुरु भएको हो । अर्थमन्त्री डा. महतले बजेटबारे छलफल गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गरेपछि छलफल शुरु भएको हो । बजेटका बारेमा पूर्व …

Read More »