Home / News / अर्थ (page 49)

अर्थ

अर्थ

बाग्लुङमा कोदो उत्पादन ५ प्रतिशतले वृद्धि

१९ मंसिर । बागलुङमा यसवर्ष कोदो उत्पादन ५ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौसमको अनुकुलता र उन्नत जातको बिउका कारण यस वर्ष कोदोको उत्पादन बढेको हो । कोदो लगाउने र हुर्कने बेलामा वर्षा नपरेको तथा उन्नत बिउका कारण कोदोबाली राम्रो भएको कृषि कार्यालयका वरिष्ठ कृषि …

Read More »

अर्घाखाँचीमा सुन्तलाको उत्पादन वृद्धि

१८ मंसिर । अर्घाखाँचीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा १० प्रतिशले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस सिजनमा अर्घाखाँचीमा ४ हजार १ सय ७६ मेक्ट्रिक टन उत्पादन भएको छ । यस वर्ष मौसमको अनुकुलताका कारण उत्पादन …

Read More »

म्याग्दीको हिलापोखरी गाउँ सडक संजालमा जोडियो

१८ मंसिर । म्याग्दीको ताकम गाविस ७ का बासिन्दाले आफ्नै प्रयासमा हिलापोखरी गाउँलाई सडक सञ्जालसंग जोडेका छन् । जिल्लाका ताकम गाउँदेखि हिलापोखरी जोड्ने साढे एक किलोमिटर सडक स्थानीयबासीले निर्माण गरेका हुन् । सडक बनाउन हिलापोखरीकै रेशम पुनले आर्थिक सहयोग गरेका थिए । पुन सिंगापुर प्रहरीका पेन्सनर हुन् । सडक निर्माणका …

Read More »

पूर्वी नेपालमा सुन्तलाको उत्पादन वृद्धि

१७ मंसिर । अघिल्लो वर्षको तुलनामा यो वर्ष पूर्वी नेपालको पहाडी जिल्लामा सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । सुन्तलाको उत्पादनमा वृद्धि हुनुकासाथै खरिद बिक्रीसमेत ह्वात्तै बढ्न थालेपछि कृषकहरु हर्षित बनेका छन् । पूर्वी नेपाललगायत भारत, भुटान र बंगलादेशमा समेत सुन्तला निर्यात गर्दै आएको सुनसरी जिल्लाको धरानस्थित कृषि बजार उपज केन्द्रले …

Read More »

दाङमा व्यावसायिक अष्ट्रिच पालन शुरु

१७ मंसिर । दाङमा विश्वबाटै लोप हुने अवस्थामा पुगेको पक्षी अस्ट्रिचको व्यावसायिक पालन सुरु गरिएको छ । दाङको बिजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको ८० बिगाहा जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यवसायिक रुपमा अस्ट्रिचको अण्डा उत्पादन थालेको हो । शुरुमा १ सय ७१ वटा अस्ट्रिच दाङ ल्याइसकेको प्रालिका …

Read More »

आर्थिक विकासका लागि एक वर्षभित्र संविधान जारी गर्नुपर्छ

१७ मंसिर । पूर्व अर्थमन्त्रीहरुले आर्थिक विकासका लागि एक वर्षभित्र संविधान जारी भएर लगानीमैत्री वातावरण बन्नुपर्नेमा जोड दिएका छन् । काठमाडौमा सोमबार भएको कार्यक्रममा उनीहरुले अब बन्ने सरकारले आर्थिक सम्वृद्धिको एजेण्डालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले अब बन्ने सरकारले …

Read More »

गहुँको बीउ नपाएको गुनासो

१५ मंसिर। कृषि विकास मन्त्रालयबाट अनुदानप्राप्त उन्नत जातको सुधारिएको गहुँको बीउ बेचबिखनका लागि आधिकारिक बिक्रेताबाट भनेजस्तो बीउ नपाएको झापाको खजुरगाछीका किसानले गुनासो गरेका छन् । गहुँखेतीका लागि राम्रो मानिएको कात्तिक र मङ्सिर महिनामा खजुरगाछीमा रहेको आधिकारिक बिक्रेता स्वस्तिक कृषि भण्डार र भागवत कृषि भण्डारले किसानको रोजाइअनुसारको बीउ नदिएकामा तिनले गुनासो …

Read More »

तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै

१५ मंसिर । भैरहवामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव शुरु हंदैछ । स्थानीय बजारमा खरिद गरां स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं स्वाभीमानी नेपालीको पहिचान बनाऔं भन्ने सन्देशका साथ नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीले महोत्सव आयोजना गरेको हो । व्यापार मेला भैरहवास्थित सिद्धार्थ …

Read More »

आर्थिक र व्यावसायिक मुद्दामा सरकार गम्भीरः अर्थमन्त्री

१५ मंसिर । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सञ्चारमाध्यमले उठाएका आर्थिक र व्यावसायिक मुद्दालाई सरकारले गम्भीरताका साथ लिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १६ औं वार्षिक स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले धेरै प्रयास गरेको र आर्थिक परिसूचक सकारात्मक रहेको उल्लेख गर्नुभयो …

Read More »

उद्योग संचालन नहुँदा उखु कृषक मारमा

१४ मंसिर । नवलपरासीका चिनी उद्योगहरु सञ्चालन हुन ढिलाई हुँदा किसानहरु सस्तोमा क्रसर उद्योगहरुमा उखु बेच्न बाध्य भएका छन् । खेतमा लगाएको उखु काट्ने अवस्थामा भइसकेपनि उद्योग सञ्चालनमा ढिलाई हुँदा किसानहरुले सस्तोमा उखु बेच्न बाध्य भएका हुन् । मंसिरको पहिलो सातासम्म सञ्चालनमा आउने उद्योगहरुले यसवर्ष भने सञ्चालन हुन अझै एक …

Read More »