Home / News / समाचार

समाचार

विशेस समाचार

बालुवाटार बैठकमा के–के भयो कुराकानी ?

चैत १० । लामो समयको अन्तरालपछि आज सत्तारुढ र प्रमुख प्रतिपक्षी दल तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाबीच स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र त्यसमा सबै पक्षलाई सहभागी गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको संयुक्त बैठकमा नेताहरुबीच  कुराकानी भयो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा …

Read More »

बालुवाटारमा एमालेसहित शीर्ष नेताको बैठक केहीमा पनि सहमति भएन

चैत १० । सत्तारुढ दल, नेकपा एमाले र मधेसी मोर्चासहितको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । बालुवाटारमा भएको छलफलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भए । आजै चीन भ्रमणमा जान …

Read More »

प्रदेश नम्बर दुईमा फेरि कार्यक्रम गर्ने एमाले निर्णय

  चैत १० । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । पार्टीका सचिव …

Read More »

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छः माओवादी केन्द्र

चैत १० । गोविन्द गौतमको ज्यान जाने गरी कञ्चनपुरमा गोलीकाण्डका सन्दर्भमा भारतले माफी माग्नुपर्ने निष्कर्ष सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निकालेको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न बिहीबार बसेमो माओवादी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर …

Read More »

पूर्व प्रधानमन्त्रीहरुको सुझाव बोकेर प्रचण्ड चीन यात्रामा

चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको …

Read More »

पथरी दुर्घटना, चारको मृत्यु १९ घाइते

चैत १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय …

Read More »

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

चैत १०। चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ । नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो । उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई …

Read More »

सुन्दर कर्णाली–  सम्भावना पनि उत्तिकै

रमेश रावल/कर्णाली भोक, रोग र अशिक्षाको पर्याय बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रशस्तै रहेका छन् । लगानीका क्षेत्र धेरै रहेको भए पनि ठूला उद्योगी, व्यापारिक घराना, ठूला कम्पनी, राज्य र अन्य कुनै क्षेत्र पनि कर्णालीमा लगानी गर्न आकर्षित देखिएका छैनन् । कर्णालीका आर्थिक समृद्धिका सम्भावनाका क्षेत्रमा लगानी हुन नसक्दा अझै …

Read More »

तीन प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गलत भएको भन्दै साना दलको विरोध

चैत ९ । व्यवस्थापिका–संसद्को आजको बैठकमा १९ साना दलले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ मा तीन प्रतिशत मतसीमा (थ्रेस होल्ड) प्रस्ताव गरिएकोमा त्यसको विरोध जनाएका छन् । उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरावलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेका छन् । सो प्रस्ताव पारित गराइए निर्वाचनसमेत प्रभावित हुने उनीहरुले बताएका …

Read More »

प्रधानमन्त्री प्रचण्ड भोलि चीन जाँदै, यस्तो छ कार्यतालिका

चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहने छन् । प्रधानमन्त्री …

Read More »