Home / News / समाचार (page 12)

समाचार

विशेस समाचार

अध्यक्ष डा. केशव पौडेलले फुकाए २५ बुँदे कामको पोको

न्यूयोर्क । गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अर्को एक कार्यकाल नेतृत्व गर्ने रुची देखाउँदै विगतमा आफ्नो कार्यकालको उल्लेख गर्न लायक राम्रा कामहरुको सूची सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यकालमा भएका कामलाई २५ बुँदामा समेटेका छन् । निर्वाचित भएकै दिनदेखि सहज ढंगले काम गर्ने वातावरण नपाएका अध्यक्ष …

Read More »

दाङमा मात्रै अठृाइस जना मतदाता कालोसूचीमा

  जेठ ३०। विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ । कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिए । कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, …

Read More »

राजपाले भन्यो– ‘बाध्य भएर आन्दोलनमा’

जेठ २९ । राजपा नेपाल अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरू बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले राजपा नेपाललाई बाहिर राखेर स्थानीय तहको चुनाव हुनै नसक्ने दाबी गरे । नेता यादवले संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउने, मधेस …

Read More »

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

जेठ २९ । प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गगरेका छन् । आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको भन्दै आएको समाचार र प्रचारमा कुनै सत्यता नरहेको गृहमन्त्री शर्माले बताए । मन्त्री शर्माले …

Read More »

पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको होः प्रकाशमान

२९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन् । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद भएको उनले बताए । ‘काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको …

Read More »

जर्मनी राजदूत माथियस मायर यसरी मोटर चढेरै विदा भए

जेठ २९ । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन् । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको …

Read More »

दुई सय तीन म्यादीले राजीनामा दिए

जेठ २९ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन …

Read More »

आकांक्षी बढी भएपछि सिराहमा दलहरूलाई उम्मेदवार तय गर्न सकस

जेठ २९ । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली …

Read More »

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैनः ओली

जेठ २८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताए । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आप्mनो दल पहिलो हुने दाबी गरे । अध्यक्ष ओलीले चुनाव जित्न जनतामा …

Read More »

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद

  जेठ २८ । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आज २३ वर्ष जेल र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं …

Read More »