Home / News / समाचार (page 19)

समाचार

विशेस समाचार

छोरा अष्टे«लियामा, श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

पुस ९ । विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् । शनिबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको …

Read More »

सङ्घले काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउनुपर्छः सिंह

 पुस ९। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सांस्कृतिक सङ्घले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउनु आवश्यक रहेको बताएका छन् । नेपाल सांस्कृतिक सङ्घ काठमाडौँ जिल्ला दोस्रो अधिवेशनमा बोल्दै नेता सिंहले नेपाली काँग्रेसको शुभेच्छुक संस्था भएकाले नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई अगाडि बढाउन आग्रह गरे । ‘काठमाडौँ जिल्ला कला संस्कृतिको …

Read More »

पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिबारे मन्त्रीपरिषद् बैठकमा छलफल भएकै होः मन्त्री लेखक

पुस ९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले  मन्त्रीपरिषद् बैठकमा पूर्व राजा ज्ञानेन्द्रले निकालेको विज्ञप्तिका बारेमा छलफल भएको बताएका छन् । तर, कुनै निर्णय भने नभएको उनको भनाई थियो । ‘राजनीतिक विषयमा पनि मन्त्री परिषद्मा छलफल हुने भएकोले पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको विज्ञप्तिको बारेमा छलफल भएको हो, …

Read More »

यौनधन्दा चलाएको भन्दै भक्तपुरका रेस्टुराँबाट १० पक्राउ

पुस ९ । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई पक्राउ गरेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ …

Read More »

संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने योगेश भट्टराईको चेतावनी

पुस ८ । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले चेतावनी दिएका छन् । आज प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान …

Read More »

एमालेका कारण संविधान कार्यान्वय प्रक्रिया अन्योलमाः सभापति देउवा

पुस ८ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि वातावरण सहज बनाउन नेकपा एमालेलाई आग्रह गरेका छन्  । स्याङ्जाको भिरकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा आजबाट सुरु भएको प्रथम भिरकोट महोत्सवको उद्घाटन गर्दै नेता देउवाले संविधान संशोधनलाई नेकपा एमालले रोकेको दाबी गर्दै छिटोभन्दा …

Read More »

सन्त नेता भट्टराईको योगदानबारे बाँडेगाउँमा चर्चा

पुस ८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रान्तीय र केन्द्रीय तहको निर्वाचनले मात्र संविधान कार्यान्वयनले पूर्णता पाउने …

Read More »

दलहरुबीच सहमति भए संशोधन प्रस्ताव फिर्ता पनि हुन सक्छः सभामुख

पुस ८ । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरु सहमति नजिक आएको बताएकी छिन् ।  आज भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन् – ‘विधमान समस्या निकासका लागि सहमतिको विकल्प नभएकाले दलहरु सहमति नजिक आइपुगेको छ ।’ सभामुख घर्तीमगरले अहिले संविधान कार्यान्वयनको सङ्क्रमणकालीन चरण भएकाले …

Read More »

संविधान संशोधन प्रस्ताव अपूरो रहेको भन्दै बाबुरामले दिए यस्तो अभिव्यक्ति

पुस ८ । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताएका छन् ।  महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए ।  पूर्व प्रधानमन्त्रीसमेत रहेका  संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण …

Read More »

सर्वोचमै अपमानित भएपछि लोकमानको आक्रोशः ‘सबै नेतालाई नाङ्गेझार पार्ने दिन आउँछन्’

पुस ८ । सर्वोच्च अदालत भित्रै आफू अपमानित भएपछि निलम्बि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अपमानको बदला लिएरै छाड्ने भन्दै धम्की दिएका छन् । उनले आफूले असल नियतले काम गर्दा पनि गलत नियतले महाअभियोग लगाएको भन्दै आफूले नछाड्ने चेतावनी दिएका छन् । उनले निकै लामो विज्ञप्ति निकाल्दै भनेका छन् ‘आफू कुनै …

Read More »