Home / News / समाचार (page 22)

समाचार

विशेस समाचार

स्ववियु निर्वाचनमा पहिलो भएको नेविसंघको दाबी (यस्तो छ सुची)

१९ फागुन । अनेरास्ववियुले पत्रकार सम्मेलन गरेर आफूले स्ववियु निर्वाचनमा पहिलो भएको सार्वजनिक गरेको करिब आधा घण्टा पनि वित्न नपाउँदै त्यही स्थानमा पत्रकार सम्मेलन गरेर नेविसंघले आफू पहिलो स्थानमा रहेको दाबी गरेको छ । अनेरास्ववियुले पत्रकार सम्मेलन गरी आफूले १ सय स्थानमा जितेको दाबी गरेको छ । त्यसको आधा घण्टापछि …

Read More »

दुई दिनदेखि बेपत्ता धनुषाका एक बालकको हत्या

फागुन १९ । धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको …

Read More »

बस र ट्रक ठोक्किँदा २३ घाइते, पाँच जनाको अवस्था चिन्ताजनक

फागुन १९। राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जानकारी दिएको छ । घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको …

Read More »

स्वास्थ्य सेवाको पनि गुणस्तर प्रमाणीकरण गर्छौः मन्त्री गगन थापा

  फागुन १९ । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य संवन्धी संपूर्ण सेवा तथा संस्थाहरुको मापन, मुल्यांकन, प्रमाणीकरण र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेबारी दिईने भएको छ । …

Read More »

मधेसी मोर्चा पुरानै मागमा, बालुवाटार बैठक बिनानिष्कर्ष टुङ्गियो

फागुन १८। समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव …

Read More »

स्ववियु निर्वाचनः अखिल ७४, नेविसंघ ६९ र क्रान्तिकारी ३८ स्थानमा विजयी (सूचीसहित)

फागुन १८ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबै विद्यार्थी संगठनले आ–आफ्नो दाबी गरेका छन् । नेपाल विद्यार्थी संघले अहिलेसम्म ६९ वटा कलेजमा जितेको दाबी गरेको छ । अनेरास्ववियुले ७४ वटा कलेजमा र क्रान्तिकारीले ३८ वटा कलेजमा जितेको दाबी गरेको छ । यो विद्यार्थी संगठनको दाबी भए पनि आधिकारिक परिणाम भने …

Read More »

मधेसको मुद्दा स्पष्ट नभएको उपाध्यक्ष रावलको दाबी

  फागुन १८ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसको मुद्दा स्पष्ट नरहेकाले संविधान संशोधन औचित्यपूर्ण नरहेको बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको विचार व्यक्त गरे । उनले भने– …

Read More »

संविधान संशोधन पारित हुन नदिने ओलीको चेतावनी

फागुन १६। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताए । एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले …

Read More »

सुस्तःमनस्थितिकी बालिका बलात्कार प्रयास गर्ने मिया प्रहरी खोरमा

फागुन १८। तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे …

Read More »

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

  फागुन १८। बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ । सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको …

Read More »