Home / News / समाचार (page 28)

समाचार

विशेस समाचार

निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तनः नेता श्रेष्ठ

फागुन ३ । नेपाली काँग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताएका छन् । कैलालीको धनगढीमा आज नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण …

Read More »

फागुन ८ सम्ममा मिति घोषणा भए मात्र जेठमा निर्वाचन सम्भवः निर्वाचन आयोग

फागुन ३ । निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जनाएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया …

Read More »

पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि राप्रपामा लोहनीको लाईन बलियो भन्दै

फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाह समारोहमा निम्ता मान्न शीलत निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र पूर्व राजवादीहरुसँग गोलमेचमा बसेको तस्बिर सार्वजनिक भएपछि निकै हंगामा भएको थियो । त्यसैबेला पनि ज्ञानेन्द्रले राजवादीहरुलाई मुलुकको राजनीतिबाट त्यति सन्तुष्ट नभएको भन्दै भलाकुसारी गरेका थिए ।  त्यो गोलमेचले राजवादी र ज्ञानेन्द्रको सम्वन्ध अझै निकट …

Read More »

अमेरिकामा तराईबासी नेपालीहरुको संस्था पनि विभाजित

मधेशी एसोसिएसन इन अमेरिका गठन न्यूयोर्क । नेपालको तराईदेखि अमेरिका आई कर्म गर्दै गरेका तराईबासी मधेशी नेपालीहरुको अर्को संगठित संस्थाको रुपमा मधेशी एसोसिएसन इन अमेरिका (मा)को जन्म भएको छ । यसअगाडि तराईबासी नेपालीहरुको एउटै मात्र संस्था आण्टा क्रियाशील भए पनि ओहायो अधिवेशनमा चुनिएको नेतृत्वलाई अर्को समूहले पद बहाली नै नगर्न …

Read More »

संवैधानिक राजसंस्थाका पक्षमा राप्रपा

फागुन २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएकोे छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले अवलम्बन गरेको …

Read More »

निमित्त प्रहरी महानिरीक्षकमा डा पोखरेल

 फागुन २ । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले राससलाई जानकारी दिए । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुन् ।  महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च …

Read More »

नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतलाई नारायणकाजीको आग्रह

फागुन २ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा …

Read More »

आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्ने बुबा प्रहरी खोरमा

फागुन २ । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ …

Read More »

नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

फागुन २ । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी …

Read More »

निर्वाचनमा सघाउन प्रधानमन्त्री ‘प्रचण्ड’को अपिल

फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।  छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ एको¥यावले आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग …

Read More »