Home / News / समाचार (page 32)

समाचार

विशेस समाचार

‘स्थानीय निकाय’ वा ‘स्थानीय तह’ निर्वाचनसम्बन्धी निर्णय फागुन ११ मा

  माघ २६ । सर्वोच्च अदालतले स्थानीयस्तरको निर्वाचन पुरानै संरचनामा ‘स्थानीय निकाय’ वा नयाँ संविधानअनुसार नयाँ संरचनामा ‘स्थानीय तह’ को निर्वाचन गर्ने विषयमा आगामी फागुन ११ गते निर्णय सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिल सिन्हाको संयुक्त इजलासले आज उक्त विषयमा फागुन ११ गते निर्णय सुनाउने …

Read More »

राप्रपा गोरखा भूपु सैनिकको हक, हित र अधिकार रक्षाको पक्षमाः कमल थापा

माघ २६ । राप्रपा अध्यक्ष कमल थापाले गोरखा भूपु सैनिकको हक, हित र अधिकार रक्षाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको बताएका छन । विगतमा समेत यो समस्या समाधानको निमित्त सक्दो प्रयास गरेको भन्दै उनले यो समस्या समाधानको निमिक्त हुने अभियानमा ऐक्यवद्धता समेत जनाएका छन । गोरखा भुपु सैनिक संघ (गेसो) …

Read More »

युवा संघको महाधिवेशन वैशाख ९ देखि ११ सम्म, छुट्टै महाधिवशेन गर्ने नेपाल समूहको धम्की

 माघ २६ । युवा संघ  नेपालको केन्द्रीय कमिटी बैठकले युवा संघ  नेपालको नवौँ  राष्ट्रिय महाधिवेशन  २०७४ बैशाख  ९–१२  सम्म मकवानपुर  जिल्लाको हेटौंडामा गर्ने निर्णय गरेको छ ।  बैठकले स्थायी  कमिटीका सबै निर्णय केन्द्रीय  कमिटी  बैठकले अनुमोदन गरेको कार्यालय विभाग प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिए । बैठकले युवा संघ  नेपालका सबै  …

Read More »

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

माघ २६ । मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिउँसो १२ः३० बजेतिर सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली …

Read More »

प्रमुख तीन दलको स्वार्थका कारण निर्वाचनको वातावरण बन्न नसकेको बाबुरामको आरोप

माघ २६ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराइले प्रमुख तीन ठूला दलको स्वार्थका कारण संविधानमा भएको व्यवस्थाअनुसार चुनाव हुने वा नहुनेमा अन्योल देखिएको बताएका छन् । हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– ‘संविधान संशोधनपछि मात्र मुलुकमा निर्वाचनको वातावरण बन्ने भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत …

Read More »

लुम्बिनीमा नियम कुल्चिंदै विदेशी

विशेष संवाददाता/काठमाडौं २०६८ असोजमा संस्कृति मन्त्रालयका तत्कालीन सचिव मोदराज डोटेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मास्याङ्वो शेर्पा लुम्बिनीमा विहार निर्माणका लागि जग्गा माग गर्ने ‘बुद्धिष्ट एशोसियशन अफ नर्थ अमेरिका’ नामक संस्थासँग सम्झौता गर्न अमेरिका पुगे । सम्झौता गर्न पुगेपछि उल्टै उक्त संस्थाले सम्झौता नगर्ने भनेर रकम फिर्ता माग ग¥यो …

Read More »

चुनाव टार्दै सरकार

डीआर उपाध्याय/काठमाडौं नेपालको संविधान २०७२ ले संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको वर्तमान संसद्को म्याद ७ माघ २०७४ सम्म तोकेको छ । यस्तो अवस्थामा कुनै पनि हालतमा त्यसअघि मुलुकमा व्यवस्थापिका–संसद्को निर्वाचन हुनुपर्छ । मुलुकमा व्यवस्थापिका–संसद् दुई सदनात्मक हुने र त्यसमध्येको एक राष्ट्रिय सभाका सदस्य स्थानीय तह र प्रदेश तहका निर्वाचित प्रतिनिधिहरुको मतदानबाट …

Read More »

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

माघ २६। भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा …

Read More »

अमेरिकामा हालसम्मकै महँगो घर विक्रीमा

न्यूयोर्क । अमेरिकामा हालसम्मकै सबैभन्दा महँगो घर विक्रीमा राखिएको छ । ब्रुस माकोस्कीले निर्माण गरेको सुविधासम्पन्न उक्त घरको मूल्य २५ करोड अमेरिकी डलर छ । लस एन्जलसमा भर्खरै मात्र निर्माण सम्पन्न गरी विक्रीमा राखिएको उक्त घरमा १३ वटा बेडरुम र २१ वटा बाथरुम छन् । ३८ हजार वर्गफुटको वैभवशाली उक्त …

Read More »

‘लो प्रोफाइल’का अमेरिकन नेपाली उपमेयर

विजय पौडेल/न्यूयोर्क अमेरिकामा नेपाली आप्रवासीहरुको आधिकारिक संख्या ५९ हजार ४ सय ९० भनेर अन्तिम पटक अमेरिकी सरकारको जनगणना २०१० ले भन्यो । अमेरिकी सरकारको उक्त तथ्यांकलाई विस २०६८ मा नेपाल सरकारको राष्ट्रिय जनगणनाले पनि अमेरिकामा नेपालीको आधिकारिक संख्या मान्यो । यद्यपि, भर्खरै मात्र गैरआवासीय नेपाली संघ अमेरिकाले विभिन्न आधारहरु देखाउँदै …

Read More »