Home / News / समाचार (page 40)

समाचार

विशेस समाचार

सहमतिको आधारमा संशोधन प्रस्ताव पारित हुनुपर्छ

वैशाख २०। विभिन्न राजनीतिक दलका नेताले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेताहरुले संविधान संशोधन प्रस्तावको पारितसँगै निर्वाचनमा जानुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई पारित गर्न सरकार गम्भीर …

Read More »

भक्तपुर काँग्रेसका उम्मेदवारको पहिलो प्राथमिकता विकास

वैशाख २० । भक्तपुरको विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताले आफ्नो विजयसँगै नगरमा विकास निर्माणलाई पहिलो सूचीमा राख्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखे । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक …

Read More »

कसले कहाँ उम्मेदवारी दिए ?

  वैशाख २०। काठमाडौँ दक्षिणकाली नगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दक्षिणकाली नगरपालिकाका निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार, प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेमा क्रमशः नेपाली काँङ्ग्रेसबाट मोहन बस्नेत र बसन्ती लामा, नेकपा (एमाले)बाट शशी शर्मा आर्याल र मीरा महर्जन तथा नेकपा (माओवादी …

Read More »

अख्यितारको प्रमूख आयुक्तमा दीप बस्न्यात सिफारिस

वैशाख १९। मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले बस्न्यातलाई प्रमूख आयुक्तमा …

Read More »

तीनवटै प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता

वैशाख १९। आज भएको ३, ४ र ६ प्रदेशको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले तीनवटै प्रदेशमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जानकारी दिए । उनले भने–‘सबै क्षेत्रमा उत्साहपूर्वक शान्तिपूर्ण ढङ्गले उम्मेदवारी दर्ता भएको …

Read More »

काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

वैशाख १९ । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयन दर्तामा उक्त उम्मेदवारी परेको हो । प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा (एमाले)बाट विद्यासुन्दर शाक्य, …

Read More »

नयाँ शक्ति र फोरमबीच तालमेल हुने

वैशाख १९ । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा (एमाले) बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पु¥याएका छन् । यसपटकको स्थानीय …

Read More »

सरकारबाट बाहिरियो राप्रपा

वैशाख १८ । राप्रपाले सरकार छाडने निर्णय गरेको छ । राप्रपा नेपालको बहुसंख्यक नेताहरुको असहमतिका बीच राप्रपा अध्यक्ष कमल थापाले प्रचण्ड नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेका छन् । सोमवार साँझ सम्पन्न राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता भुवन पाठकले सरकारबाट …

Read More »

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

  वैशाख १८ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा महाहनगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा …

Read More »

महाअभियोगप्रति सङ्घीय समाजवादीको विरोध

वैशाख १८। सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्तिमार्फत प्रधानन्यायाधीश कार्कीविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) द्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र …

Read More »