Home / News / समाचार (page 5)

समाचार

विशेस समाचार

पथरी दुर्घटना, चारको मृत्यु १९ घाइते

चैत १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय …

Read More »

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

चैत १०। चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ । नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो । उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई …

Read More »

सुन्दर कर्णाली–  सम्भावना पनि उत्तिकै

रमेश रावल/कर्णाली भोक, रोग र अशिक्षाको पर्याय बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रशस्तै रहेका छन् । लगानीका क्षेत्र धेरै रहेको भए पनि ठूला उद्योगी, व्यापारिक घराना, ठूला कम्पनी, राज्य र अन्य कुनै क्षेत्र पनि कर्णालीमा लगानी गर्न आकर्षित देखिएका छैनन् । कर्णालीका आर्थिक समृद्धिका सम्भावनाका क्षेत्रमा लगानी हुन नसक्दा अझै …

Read More »

तीन प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गलत भएको भन्दै साना दलको विरोध

चैत ९ । व्यवस्थापिका–संसद्को आजको बैठकमा १९ साना दलले ‘राजनीतिक दलसम्बन्धी विधेयक’ मा तीन प्रतिशत मतसीमा (थ्रेस होल्ड) प्रस्ताव गरिएकोमा त्यसको विरोध जनाएका छन् । उनीहरुले प्रमुख दलसहित सो विषयमा पुनरावलोकनका लागि पहल गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेका छन् । सो प्रस्ताव पारित गराइए निर्वाचनसमेत प्रभावित हुने उनीहरुले बताएका …

Read More »

प्रधानमन्त्री प्रचण्ड भोलि चीन जाँदै, यस्तो छ कार्यतालिका

चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहने छन् । प्रधानमन्त्री …

Read More »

७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा

चैत ९ । सरकारले पुनर्संरचित स्थानीय निकायलाई अनुदान रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले बिहीबार ७४४ स्थानीय निकायका लागि ७ अर्ब ४४ करोड रुपैयाँ अनुदान रकम निकासा गरेको हो । स्थानीय निकाय पुनर्संरचना भएपछि अर्थले प्रत्येक निकायलाई १ करोड रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने भनेको थियो । अर्थले …

Read More »

प्रत्यक्षतर्फ निर्वाचन नजित्ने दल राष्ट्रिय दल नबन्ने

चैत ९ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्न अब दलहरुले अनिवार्य प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नु पर्ने भएको छ । राज्य व्यवस्था समितिले यस्तो प्रस्ताव पारित गरेको हो । समितिले पास गरेको यो प्रस्ताव अब स‌सदमा जानेछ । राज्य व्यवस्था समिति सदस्य एवं सांसद आनन्दप्रसाद …

Read More »

समयमै निर्वाचन सम्पन्न गराउन जनदबाब सृजना गर्ने एमाले नेता खनालको दाबी

चैत ९ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । इलामको इरौँटारमा एमाले गाउँ कमिटीले आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उनले भने–देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले …

Read More »

एनआरएनएको एसिया प्यासिफिक भेला चुनाव प्रचारमा केन्द्रित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुईदिने एसिया प्यासिफक भेला ९ बुँदे क्वालालम्पुर घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । नीतिगत महत्वपूर्ण छलफल गर्नुपर्ने बेलामा सामान्य विषयमा चर्चा–परिचर्चा गरेर एनआरएनए भेला सकिएको छ । ‘दक्ष जनशक्ति, उद्यमशीलता समृद्ध नेपालको आवश्यकता’ नाराका साथ शुरु भएको सम्मेलनमा नेपाली कामदारका मुख्य समस्याका विषयमा …

Read More »

नक्कली कार्ड प्रयोग गरी अर्काकोे रकम निकाल्ने आठ गिरोह प्रहरी फन्दामा

चैत ८ । ‘क्लोन मेगनाटिक कार्ड’ प्रयोग गरी अर्काको बैंक खातामा रहेको रकम निकाल्ने गिरोहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ, बूढानीलकण्ठ बस्ने दोलखा भीमेश्वर नगरपालिकाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनऊका सूचनाप्रविधि इन्जिनियर अभिषेक पाण्डे, क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका नदिम खान, ललितपुर उपमहानगरपालिका कुसुन्तीका केवलप्रताप …

Read More »