Home / News / समाचार (page 50)

समाचार

विशेस समाचार

माओवादी एकता सभामा प्रचण्डको उद्घोषः ‘शक्ति सञ्चय गर्दैछौं’

कात्तिक ५ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् । शुक्रबार दिउँसो नेकपा ९माओवादी केन्द्र० र नेकपा माओवादी ९विद्रोही० बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताए । घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘हिजो …

Read More »

अख्तियार प्रमुख विवादमा तानिनु दुःखद्ः नयाँ शक्ति

 कात्तिक ५ । नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै विवादमा तानिनु दुःखद् भएको जनाएको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको …

Read More »

कल्पना भुसालको हत्या आरोपि एमालेका दुई नेता पार्टीबाट निष्कासित

कार्तिक  ५ । नेकपा (एमाले) अर्घाखाँचीले हत्या आरोपी दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । एमाले अर्घाखाँचीका अनुसार उनीहरुमाथि  सोही गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको …

Read More »

कांग्रेसले भन्योः महाअभियोगबारे हामीलाई थाहा छैन

काात्तिक ४ ।  सत्तारुढ दल नेपाली कांग्रेसले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेका छन् । राजधानीमा आयोति अन्तरक्रियामा कांग्रेस नेता एनपी साउदले यस्तो स्पष्ट पारेका हुन् । ‘महाअभियोग बारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय …

Read More »

कर्णले दिए तीन दलका नेतालाई ठेकेदारको संज्ञा, कार्कीको महाअभियोग प्रस्ताव तुहिने उद्घोष

कात्तिक ४ । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव  प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् । राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् । सद्भावना पार्टीका सह–अध्यक्ष समेत रहेका नेता कर्णले महाअभियोग समिति …

Read More »

आफ्नै छोरी बलात्कार गर्ने अपराधी बाबुलाई २२ वर्षको जेल

कात्तिक ४ । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ । पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । …

Read More »

सभामुख ओनसरीको स्विजरल्यान्ड भ्रमण यसकारण भयो रद्द

कात्तिक ४ । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जाने कार्यक्रम रद्द गरेकी छिन् । मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनले साताव्यापी आफ्नो भ्रमण गरेको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा …

Read More »

बनकालीबाट पूर्वराजा ज्ञानेन्द्रको दलहरुलाई चेतावनी– ‘निषेधको राजनीति गरे विद्रोह’

कात्तिक ४ । पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रुपमै मुलुकका राजनीतिक दलहरुलाई चेतावनी दिएका छन् । अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाटन गर्दै बनकालीबाट देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका हुन् । उनले दलहरुलाई निषेधको राजनीति नगर्न सुझाव समेत दिए । गणतन्त्र स्थापनापछि सार्वजनिक रुपमा ज्ञानेन्द्रले …

Read More »

डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्ने संकेत

न्यूयोर्क । राष्ट्रपतीय निर्वाचनको अन्तिम डिबेटमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनको परिणाम स्वीकार गर्ने या नगर्नेबारेमा स्पष्ट जबाफ दिन अस्वीकार गरेका छन् । बुधबार १९ अक्टोबर साँझ लसभेगासस्थित नेभडा युनिभर्सिटीमा आयोजित सार्वजनिक डिबेट कार्यक्रममा ट्रम्पले निर्वाचनको परिणाम स्वीकार गर्छु भन्न सकेनन् । फक्स न्यूजका प्रस्तोता क्रिस वालेसकोे निर्वाचन परिणाम स्वीकार …

Read More »

तामेली छल्न विदेश भागेका लोकमान किन फर्किए रातपरेपछि…

कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की स्वदेश फर्किएका छन् । प्रमुख आयुक्त कार्की बुधबार साँझ स्वदेश फर्केका हुन् । आयोगका प्रवक्ता गणेशराज कार्कीले दिएको जानकारी अनुसार उनी साँझ फर्केका हुन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग …

Read More »