Home / News / समाचार (page 60)

समाचार

विशेस समाचार

कांग्रेस–माओवादीले एमालेसँग जोरी खोजेको माधव नेपालको आरोप

साउन २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको आरोप लगाएका छन् । रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले …

Read More »

प्रचण्ड र देउवाबीच भेटवार्ता, के–के भयो कुराकानी ?

साउन २२ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको वालुवाटार स्रोतले जानकारी दिएको छ । छलफलका लागि प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा पनि छलफल भएको थियो ।

Read More »

माओवादीले अन्तर्राष्ट्रिय अदालतमा पुग्ने डरले आफ्नो हातमा सत्ता लियोः केसी 

साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने आरोप लगाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री समेत रहेका केसीले काठमाडौँले आयोजना गरेको आफ्नै पार्टीको कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न नसकिरहेको बेला सात प्रदेशलाई सम्हाल्न नसकी देश …

Read More »

ओलीसँग चीन सन्तुष्ट, महत्वपूर्ण सम्झौताको कार्यान्वयन गर्ने चीनको प्रतिबद्धता

China-Agreement

साउन २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँंग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले भेटभेटी गरी नौ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा उनले नेपाल र चीनबीच …

Read More »

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा को–को ?

साउन २१ । प्रधानमन्त्री प्रचण्डले प्रमुख सचिवमा जोखबहादुर महरालाई नियुक्त गरेका छन् । प्रचण्ड प्रधानमन्त्री हुनुअघि पनि उनकै स्वकीय सचिवका रुपमा कार्यरत महरा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुन् । प्रचण्डले स्वकीय सचिवमा छोरा प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ललाई पनि नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा …

Read More »

प्रचण्ड बालुवाटार प्रवेश

baluwatar

साउन २१। प्रधानमन्त्री प्रचण्ड शुक्रबार सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका उनी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि आज अपराह्न ४ बजे सरकारी निवास सरेका हुन् । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गरे । प्रधानमन्त्री …

Read More »

एमालेसँग सिधा टक्कर गर्ने कांग्रेस–माओवादीको रोडम्याप, सरकारको पहिलो निर्णयले एमालेलाई धक्का

Prachand

साउन २२ । कांग्रेस–माओवादी गठबन्धनको सरकार र एमालेबीच निकै ठूलो तिक्तता पैदा हुने निश्चित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक निर्णयलाई उल्ट्याउने निर्णय गरेर तिक्तता पैदा गर्ने संकेत गरेको हो । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक पृष्ठभूमि भएका …

Read More »

प्रचण्डको पहिलो प्रतिवद्धता ‘गरिबका लागि सरकार’ पूरा होला ?

parchanda

साउन २०। प्रधानमन्त्री पदको सपथ खाए लगत्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तुहिनमुक्त देश घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, उनको त्यो प्रतिवद्धता पूरा भएन । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सपथ लिएसँगै भूकम्पपीडित जनतालाई पहिलो किस्ताबापतको रकम ४५ दिनभित्र प्रदान गर्न निर्देशन दिए । यो उनको पहिलो प्रतिवद्धता पूरा …

Read More »

प्रचण्ड प्रधानमन्त्री भएकोमा अमेरिकाद्वारा बधाई

साउन २० । संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ । दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका …

Read More »

नेवि संघको ११ औँ महाधिवेशनमा १६ जना अध्यक्षका आकांक्षी

nebisangha

साउन २०। करिब एक दशक पछि हुन गैरहेको नेपाल विद्यार्थी संघको महाधिवेशनमा डेढ दर्जनले अध्यक्षमा आकांक्षा देखाएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु हुने नेविसङ्घको ११औँ राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका हुन् । नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी …

Read More »