Home / News (page 4)

News

News category

कांग्रेस नेता पौडेल नै सीमांकन हेरफेरको विपक्षमा

ramchandra-poudel

मंसिर १६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । जापान भ्रमणमा रहेका वरिष्ठ नेता पौडेलको सम्मानमा आज गैरआवासीय नेपाली सङ्घ जापानले आयोजना गरेको कार्यक्रममा उनले भने–‘स्थानीय जनताको भावना बुझेर सीमाङ्कनको टुङ्गो लगाउनुपर्दछ ।’ वरिष्ठ नेता पौडेलले …

Read More »

एमालेले व्यवस्थापिका संसद् अबरुद्ध गरेपछि होहल्ला

bicc

मंसिर १६ । संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ । संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे ।  उनले ५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने …

Read More »

नेपालमा संविधान संशोधन प्रस्तावको विरोध, सकारात्मक भन्दै भारतको स्वागत

nepal-india-relations

मंसिर १६  । भारतीय सरकारले मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई ‘सकारात्मक’ रूपमा लिएको छ । सरकारले मंगलबार संसदमा दोस्रो संशोधन प्रस्ताव दर्ता गराएपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको कुराकानीमा त्यस्तो धारणा व्यक्त गरेका हुन् । ‘नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे हामीलाई जानकारी छ, …

Read More »

एकै मन्त्रालयमा दुई राज्यमन्त्री पुगेपछि

2-minister-in-on-ministry

मंसिर १६ । सत्तारूढ दल नेपाली कांग्रेसबाट सरकारमा सिफारिस गरिएका १० राज्यमन्त्रीले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सिफारिसमा परेका राज्यमन्त्रीहरूको शपथग्रहण भएको हो । त्यसलगत्तै नवनियुक्त राज्यमन्त्रीहरू आफ्ना सम्पर्कमा रहेका पत्रकारहरूलाई सम्पर्क गर्दै पदभार ग्रहण गर्न तोकिएका मन्त्रालयतिर लागे …

Read More »

एमालेको यस्तो छ रणनीति, सडक–सदन दुवैबाट सशक्त प्रतिवाद, कुनै लेनदेन नगर्ने

cpnuml.office-e1466513119873

मंसिर १६ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध सदन र सडकमा सशक्त प्रतिवाद गर्दै असफल बनाउने घोषणा गरेको छ । संविधान कार्यान्वयन रोकेर मुलुकलाई विदेशीको गुलाम बनाउने ग्य्रान्ड डिजाइनसहित सरकारले राष्ट्रघाती संशोधन विधेयक अघि बढाएको ठहर गर्दै सदन र सडकबाट प्रतिवाद गर्ने घोषणा एमालेले गरेको हो …

Read More »

संसदको गणित, संशोधन विधेयक पारित गर्न हम्मे

bicc

मंसिर १६ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्नेरनगर्ने विषयमा साना दलहरू निर्णायक देखिएका छन् ।असन्तुष्ट मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषा जस्ता विषयका लागि मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको छ । विधेयक सदनमा प्रस्तुत गर्ने …

Read More »

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

मंसिर १५ । सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता टीकाध्वज खड्काले प्रधानमन्त्री, नेपाल सरकार, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा संविधानमा प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा …

Read More »

भारतको इसारामा ल्याएको संविधान संशोधन प्रस्ताव पारित हुँदैनः चित्रबहादुर केसी

Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

मंसिर १५ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतको इसारामा संविधान संशोधन गर्न लागिएको बताएका छन् । संवाद क्लब नेपालले  आयोजना गरेको साक्षात्कारमा अध्यक्ष केसीले तराईबाट पहाडलाई अलग गरेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले सङ्घीयता देशका लागि क्यान्सर भएको विचार व्यक्त गरे ।  …

Read More »

संविधान संशोधन विधेयकको विरोधमा प्रदर्शन अखिल र युवा संघको विरोध, सरकारी गाडीमा तोडफोड

????????????????????????????????????

मंसिर १५ ।  नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको र संशोधनले देश टुक्र्याउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा संशोधन विधेयक फिर्ताको माग गर्दै नाराबाजीसहित प्रस्तावित विधेयक …

Read More »

संसद् बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल एमालेको निर्णय

cpnuml-office-e1466513119873

मंसिर १५ । नेकपा एमालेले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद् भवन बानेश्वरमा आज सम्पन्न संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भएकाले पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय …

Read More »