Home / News / प्रवास (page 20)

प्रवास

प्रवास

सुनुवार सोसाइटी अफ अमेरिका गठन

न्यूयोर्क । अमेरिकामा विभिन्न पेशामा आबद्ध सुनुवारहरुको एकताका लागि सुनुवार सोसाइटी अफ अमेरिका गठन भएको छ । संस्थाले याम सुनुवारको अध्यक्षतामा दुई सल्लाहकारसहित २१ कार्यसमितिसमेत चयन गरेको छ । प्रमुख अथितिहरु युनाइटेड किरात अर्गनाइजेशनका अध्यक्ष केशव राई, डा. खगेन्द्र केरुङ, राजकुमारलगायतले सामूहिकरुपमा सुनुवार सोसाइटी अफ अमेरिकाको उद्घाटन गरेका हुन् । …

Read More »

कोलोराडोमा एनआरएन बैठक सम्पन्न

कोलोराडो । एनआरएन अमेरिका र यसका च्याप्टरबीच परिचय तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अप्रिल ३०, शनिबार एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णय गर्दै एनआरएन अमेरिकालाई एकताको सन्देश दिन सफल भएको छ । क्षेत्रीय संयोजक सोनाम लामा, उपक्षेत्रीय संयोजक एसी शेर्पा र सल्लाहकार बीआर …

Read More »

कांग्रेस सुन्दर विचार भएको पार्टीः डा. कोइराला

लस एन्जलस । आफ्नो निजी भ्रमणमा अमेरिका रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तनको खेलमा नलागेको दाबी गरेका छन् । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले अहिले बनेको संविधानले सबै जातजाति, धर्म–सम्प्रदाय, पार्टी विचारलाई समेट्न सफल भएको बताए । डा. …

Read More »

कांग्रेसलाई ज्ञान र बुद्धिको आवश्यक छ– शशांक कोइराला

कल्पना घिमिरे न्यूयोर्क । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांगे्रस पार्टीलाई पैसाको नभएर बुद्धि र ज्ञानको खाँचो रहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका कोइरालाले पार्टीलाई दृढतापूर्वक अघि बढाउन बुुद्धि र ज्ञान दिन प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् । ‘नेपाली कांग्रेसलाई पैसाको आवश्यकता छैन । विदेशबाट कांग्रेसका लागि भनेर पैसा …

Read More »

भर्जिन नभएको बताउँने ज्योतिको लण्डनमा धमाका

वैशाख १४ ।  ज्योति मगर भन्ने बित्तिकै हृष्ट पुस्ट अनि मुसुक्क मुस्काउँदै छोटो लुगा लगाउने महिलाको दृश्य प्राय सबैको मानसपटलमा आइहाल्छ । हिजोआज ज्योति मगरलाई बच्चा हुन् या दृद्य्ध, सबैले चिन्ने गरेकाछन् । रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति हाल काठमाण्डौमा बस्दै आएकी छिन् । पछिल्लो समय हट र सेक्सीका रुपमा निकै …

Read More »

भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा न्यूयोर्कमा गुञ्जियो ‘ ॐ माने पद्मे हुँ…’

न्यूयोर्क । आप्रवासीहरुको शहर न्यूयोर्कमा विनाशकारी भूकम्पको १ वर्ष पुगेको दिन नेपालीहरुले ‘ॐ माने पद्मे हुँ…’ जप्दै प्रभातफेरी गरे । ‘लिभ टु लभ’ नामक संस्थाको संयोजनमा व्यस्त म्यानहाटनको व्यापारिक केन्द्र वालस्ट्रिट क्षेत्रको डेढ माइलको दूरी तय गर्दै ‘लिभ द लभ’ लोगोसहितको रातो टी–सर्ट र क्याप लगाएर नेपालको झण्डा फहराउँदै सयौं …

Read More »

न्युजर्सीमा एनआरएन क्षेत्रीय सम्मेलन हुने

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिका र एनआरएन आईसीसीका अमेरिकास्थित प्रतिनिधिको संयुक्त कन्फरेन्स कल बैठक सम्पन्न भएको छ । शुक्रबार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले परिषद्को नवौं क्षेत्रीय सम्मलेन न्युजर्सीस्थित डब्बल ट्री हिल्टन होटलमा गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा ७१ देशका …

Read More »

ब्रान्फोर्डमा नयाँ वर्षको शुभकामना आदानप्रदान

कनेक्टिकट । सोसाइटी अफ नेप्लिज इन अमेरिका, ब्रान्फोर्ड कनेक्टिकटले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित हालै एक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीले प्रवासी नेपालीबीच भाइचाराको भावना अभिवृद्धि, नेपाली मौलिक संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्य रहेको बताएका छन् । कार्यक्रममा स्थानीय कलाकार बालबालिकाको पृथक प्रस्तुति, नेपाली …

Read More »

अनेसासद्वारा केन्या च्याप्टर गठन

केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अप्रिल १५ मा केन्याको राजधानी नैरोबीमा केन्या च्याप्टर गठन गरेको छ । नैरोबीको नियारी स्टेटमा सम्पन्न नेपाली समुदायको भेलाले ६ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । केन्या च्याप्टरको नयाँ कार्यसमितिमा नारायणदेवी अखिली क्षेत्री (अध्यक्ष), साङ्गे डोमा (उपाध्यक्ष), रेखा राई (सचिव) र मृदुला राई …

Read More »

केआरएसए न्युयोर्क च्याप्टरमा भारती राई

न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए), न्युयोर्क च्याप्टरले भारती राईको अध्यक्षतामा ३ वर्षे पदावधिका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । केआरएसएको अप्रिल १६ मा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा वकाशा बान्तावा (उपाध्यक्ष), दीपा राई (सचिव), बिजेन्द्र राई (सहसचिव), राजन राई …

Read More »