Home / News / प्रवास (page 6)

प्रवास

प्रवास

कोलोराडोमा फिल्म अवार्ड सम्पन्न

कोलोराडो । नेपाली चलचित्रको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, प्रवद्र्धन र प्रदर्शन गरी नेपाली कला–संस्कृतिलाई विश्वमाझ चिनाउने अभिप्रायले कोलोराडोमा खुम्बुकोल्स ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटी नेपाल डटकमको संयुक्त आयोजनामा गरिएका उक्त अवार्ड कार्यक्रमलाई ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ नारा दिइएको थियो । कोलोराडोस्थित …

Read More »

न्यूयोर्कका नेपालीलाई विश्वप्रकाशको प्रश्न

आजसम्म संस्थागत लगानी नेपालमा गर्नुभएको छ ? न्यूयोर्क । नेपाली कांग्रेसका युवोनता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अमेरिकामा बस्ने नेपालीहरुले नेपालबाट अमेरिका पुग्ने हरेक नेताका कमी–कमजोरी औंल्याएर, त्रुटि देखाएर सिकाएर पठाउने हैसियत बनाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा संविधान कार्यान्वयनका चुनौती र समाधानका उपाय विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा …

Read More »

न्यूयोर्कमा अर्यालले पाए ३२ लाख रुपैयाँ क्षतिपूर्ति

न्यूयोर्क । न्यूयोर्कस्थित एक नेपालीले ३२ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । विगत ७ वर्षदेखि परिवारसहित न्यूयोर्कमा बसोबास गर्दै आएका अर्घाखाँचीका रोसन अर्यालले आफूले काम गर्दै आएको पेट्रोल पम्प मालिकबाट ३१ हजार ८ सय ८८ अमेरिकी डलर क्षतिपूर्ति पाएका हुन् । सन् २०१३ देखि २०१५ सम्म लङआइल्याण्डस्थित भारतीय मूलका …

Read More »

आउँदै छन् राई इज किङ न्यूयोर्क

न्यूयोर्क । मेगास्टार राजेशपायल राईले न्यूयोर्कस्थित नेपाली आप्रवासीको एक साँझ संगीतमय बनाउने भएका छन् । राई इज किङको नामले समेत परिचित कर्णप्रिय गायक राई आगामी १९ तारिख शनिबार साँझ स्थानीय गुल्सन टेरेसको स्टेजमा दर्जनौं गीतहरु लिएर आउँदै छन् । फैलियो माया दुबो सरी, सागर सरी चोखो माया, म त मर्छु …

Read More »

ट्रम्प भन्छन्– मसँग नडराऊ

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिकरुपमा आफू र आफ्नो प्रशासनसँग नडराउन आह्वान गरेका छन् । राष्ट्रपति पदमा निर्वाचित हुनेबित्तिकै देशव्यापी विरोध सामना गरिरहेका ट्रम्पले गत आइतवार  सीबीएस न्यूजको ६० मिनेट नामक अन्तरवार्तामा उक्त कुरा बताएका हुन् । आफ्नो निकटतम् प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसँगको चुनावी प्रतिस्पर्धाका क्रममा अल्पसंख्यकहरुसँग ज्यादै खरो उत्रिएर …

Read More »

तराईबासी नेपालीले मनाए छठ

न्यूयोर्क । न्यूयोर्कस्थित तराईबासी नेपालीले छठको अवसरमा स्विमिङ पुलमा डुबेर सूर्यको पूजा गरेका छन् । एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एण्टा) ग्रेटर न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूजर्सीस्थित लामबरभिलमा तराईबासी नेपालीहरुले सामूहिकरुपमा छठ मनाएको अरबिन्द सिंहले बताए । गत नोभेम्बर ६ र ७ मा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरु सामूहिकरुपमा …

Read More »

नेवाः नखः न्यूयोर्कको म्हपूजा

न्यूयोर्क । नेवार समुदायले मनाउँदै आएको म्हपूजाको अवसर पारेर न्यूयोर्कस्थित नेवाः नखः न्यूयोर्कले नेपाल संवत् ११३७ र म्हपूजा विशेष कार्यक्रमसाथ मनाएको छ । संस्थाले अक्टोबर ३१ मा शेर्पा किदुग हलमा आयोजित म्हपूजा कार्यक्रममा पाहुनाहरुको बाक्लो उपस्थिति थियो । नखःद्वारा आयोजना गरेको पूजामा अध्यक्ष राजा शाक्यले नयाँ वर्ष नेपाल संवत् ११३७ …

Read More »

युक्रा न्यूयोर्क च्याप्टरले मनायो तिहार

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भव्यसाथ मनाएको छ । संस्थाकी  केन्द्रीय उपसभापति मुना राईको पहलमा न्यूयोर्क, क्विन्समा सम्पन्न तिहार कार्यक्रमको संयोजन न्यूयोर्क च्याप्टरका पूर्वसभापति नवीनकला राईले गरेकी थिइन् । कार्यक्रममा अक्कल तामाङ, डा. सुख गुरुङ, जनजाति महासंघ अमेरिकाका अध्यक्ष …

Read More »

नमस्ते नेपालको क्यालिफोर्नियामा देउसी–भैलो

क्यालिफोर्निया । क्यालिफोर्निया, सानफ्रान्सिस्को बे एरिया क्षेत्रमा बसोबास गरिरहेका नेपालीले देउसी–भैलो कार्यक्रम सम्पन्न गरेका छन् । नमस्ते नेपाल समूह गठन गरी देउसी–भैलो खेलिएको हो । नेपालीहरुका विभिन्न सांस्कृतिक पर्वहरु सामूहिक रुपमा मनाउने र आगामी दिनमा सामाजिक सेवामा अग्रसरता देखाउने समूहको लक्ष्य रहेको छ । नेपाली धर्म–संस्कृतिको संरक्षण, नेपाली–नेपालीबीचको भाइचारा र …

Read More »

क्यालिफोर्नियामा देवकोटा जयन्ती

क्यालिफोर्निया । अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झेका छन् । च्याप्टरले गत नोभेम्बर ६ आइतबार नर्दन क्यालिफोर्नियाको डेविज सहरस्थित एक लाइब्रेरीमा अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा १०८औं देवकोटा जयन्ती सम्पन्न गरेको छ । कार्यक्रममा झण्डै १ सय ५० जनाभन्दा बढीको उपस्थितिमा ४० जना सर्जकले देवकोटाको सम्झनामा कविता तथा मुनामदनका …

Read More »