Home / News / प्रवास (page 7)

प्रवास

प्रवास

प्रवास प्रतिभा— विदेशमा चम्केका विनय

भनिन्छ, हरेक व्यक्तिमा केही न केही क्षमता लुकेको हुन्छ । क्षमताको प्रस्फुटन र अभ्यासले क्षमतामा निखारता ल्याउन सक्दछ । हरेक बालबालिकामा फरक रुची र फरक क्षमता छिपेको हुन्छ । त्यो क्षमता चिन्नु र त्यसलाई अवसरको मार्गमा डो¥याउने अभिभावकको कर्तव्य हुन आउँछ । त्यही कर्तव्यलाई विकास कार्कीले पूरा गर्न सक्दा आज …

Read More »

समाजसेवी प्रवासीको प्रवास भोगाइ

विगतमा जुट्नै गाह्रो, जुट्नेबित्तिकै छुट्टिनै हतार हुन्थ्यो ‘नयाँ ठाउँ, नयाँ परिवेशमा कसरी जम्ने होला ?’ अमेरिका आउने समय नजिकिंदै जाँदादेखि रमेश पोखरेललाई यो चिन्ताले सताइरहेको थियो । १४ वर्षअघि जिन्दगीको महत्वपूर्ण दिनहरु बिताएको देशबाट अर्को देशमा आउँदा पोखरेलका लागि यहाँको परिवेश बिल्कुल भिन्न थियो । त्यसै पनि नयाँ ठाउँ, सबै …

Read More »

डलास लायन्सलाई क्लब अफ द इयर

डलास, टेक्सस । टेक्सस राज्यको डलासमा रहेको डलास एभरेष्ट लायन्स क्लब लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट २ एक्स १ अन्तर्गत उत्कृष्ट क्लब घोषित भएको छ । मे २८ देखि २९ सम्म भएको लायन्सको डिष्ट्रिक्ट कन्भेन्सनको अवसरमा क्लबलाई डिष्ट्रिक्ट क्लब अफ द इयर अवार्डबाट पुरस्कृत भएको छ । यसका साथैं क्लबका प्रेसिडेन्ट राधाकृष्ण …

Read More »

सियाटलमा वाणिज्य दूतावास

वासिङ्टन । अमेरिकाको वासिङ्टनमा नेपालको वाणिज्य दूतावास स्थापना गरिएको छ । नेपाल सरकारद्वारा अमेरिकाको वासिङ्टन स्टेटको सियाटलका लागि नवनियुक्त वाणिज्य दूत एसी शेर्पाको पहलमा अवैतनिक वाणिज्य दूतावास स्थापना गरिएको हो । दूतावास कार्यालयको नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र सिटी अफ रेडमण्ड वासिङ्टनका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा …

Read More »

युएनए सम्मेलनमा विविध कार्यक्रम

डलास, टेक्सस । युनाइटेड नेप्लिज एसोसिएसनको हुन लागिरहेको दोस्रो सम्मेलनको अवसरमा विविध कार्यक्रम आयोजना हुने भएको छ । खेलकुद, सांस्कृतिक, प्रविधि, फेशनसँग सम्बन्धित प्रतियोगितात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको हो । आउँदो मे महिनाको २६ देखि २८ सम्म हुने सम्मेलनको क्रममा क्यारियर बिल्डिङ उपयोगी सेमिनारसमेत आयोजना हुनेछ । …

Read More »

निलम कार्की निहारिकासँग पुस्तक वार्ता

निलम कार्की निहारिकालाई केही वर्षअघिसम्म धेरैले सञ्चारकर्मीको रुपमा चिन्दथे। नेपाल टेलिभिजनमा उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउने गर्दथिन्। तर, केही वर्षयता उनको परिचयको दायरा फराकिलो भएको छ। उनको साहित्यकारको रुपमा पनि परिचय थपिएको छ। पछिल्लो वर्ष कार्कीको उपन्यास चिरहरणले पद्मश्री पुरस्कार पाएको छ। उसो त निलमले एकातिर नेपाली साहित्यमा एमएसम्मको अध्ययन पूरा …

Read More »

अमेरिकामा संघसंस्थाका कार्यक्रम र अनुत्पादक खर्च

अमेरिकामा नेपालीको संख्या बढेसँगै सार्वजनिक तथा धार्मिक पर्वका कार्यक्रमहरुसमेत बढिरहेको छ । सार्वजनिक कार्यक्रमका नाममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो धनराशी खर्च हुने गरेको छ । ठोस परिणाममुखी काममा भन्दा नेपालीको पैसा अनुत्पादक क्षेत्रमा बढ्दै जानु चिन्ताको विषय बन्न पुगेको छ । नेपालीहरु भेला हुनु, विभिन्न संघसंस्थाहरु स्थापना हुनु, सक्रिय …

Read More »

कतिपय विषय नैतिकता नै हो

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका निवार्चनको संघारमा रहेको छ । निर्वाचन नजिकिंदै जाँदा झण्डै १७ हजारको साधारण सदस्यता आवेदन परेको अवस्था छ । नेतृत्व चुनिने सरगर्मीको असरसमेत सदस्यता आवेदनमा परेको छनक देखिएको छ । संस्थामा सदस्यता बढ्नु प्रजातान्त्रिक पद्धतीमा सहज, सरल र स्वाभाविक विषय मान्नुपर्दछ । अमेरिकामा रहेका …

Read More »

प्रवासमा महिला फड्को

अमेरिकालाई अवसरको देशको रुपमा चित्रण गरिन्छ । आप्रवासीको देश भनेर चिनिने अमेरिकामा नेपाली समुदायको समेत क्रमिक रुपमा प्रतिष्ठित छवि निर्माण भइरहेको छ । गैरआवासीय नेपाली र नेपाली मुलका नेपाली अमेरिकनहरुले यहाँ पेशागत र व्यावसायिक क्षेत्रमा ख्याती कमाइरहेका छन् । अध्ययनमार्फत पेशागत दक्षताको परिचय निर्माणको सवालमा होस् या व्यवसायमा भिजेर सफल …

Read More »

प्रवासी नेपाली मञ्चको परिचयात्मक कार्यक्रम

न्यूयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाको नवगठित समितिले न्यूयोर्कस्थित नेपाली समुदायसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । गत ३० तारिख आइतबार स्थानीय एक नेपाली रेष्टुरेन्टमा मञ्चका नवनिर्वाचित अध्यक्ष प्रभु थापाको विशेष आतिथ्यमा मञ्चले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय समाजका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीसँग मञ्चका महासचिव राधाकृष्ण देउजाले …

Read More »