Home / News / साहित्य

साहित्य

साहित्य

बाल निबन्ध– मेरा हजुरबुबा

डा. ऋषिराम शर्मा/गुल्मी (यो बाल निबन्ध आत्मपरक शैलीमा लेखिएको छ, यो निबन्ध बालबालिकालाई आत्मपरक शैलीमा निबन्ध लेख्न प्रेरित गर्ने उद्देश्यले रचना गरिएको छ । यो निबन्ध पढेर विद्यार्थीलाई ‘मेरी हजुर आमा’, ‘मेरा बाबा’, ‘मेरी आमा’ शीर्षकमा निबन्ध लेखनसम्बन्धी अभ्यास गराउन सकिने र विद्यार्थीले निबन्ध लेख्न सक्ने अपेक्षा राखिएको छ ।) …

Read More »

सफलता, फराकिलो मन र इमानदारी

केशव श्रेष्ठ । भर्चुअलबाट वास्तविक साथीमा रूपान्तरित भएका साथीहरूको सहभागितामा स्थापना हुन लागेको कम्पनीको प्रारम्भिक बैठकमा एक जना पाका मित्रले प्वाक्क सोधिहाले, ‘केशवजी, तपाईंको घर कहाँ हो ?’ ‘बाउले बनाइदिएको घर हेटौँडा हो । नेपालगन्जमा बनाएथेँ, बेचियो । अहिले कतै आफूले बनाउन सकेको छैन ।’ घर सोध्नेहरूलाई मैले नियमित दिने …

Read More »

लघु कथा- आतंक दिवस

हजुरबुबा उमेरमा ७५ नाघ्नु भए पनि सम्झना र सोचाइमा हामीभन्दा तीक्ष्ण नै हुनुहुन्थ्यो । म घरभित्र छिर्नेबित्तिकै आमाले मेरो छेउमा आएर भन्नुभयो– ‘रबिन, आज हजुरबुवालाई के भएको हो झोक्राइरहनुभएको थियो, तिमी त उहाँको कुरा मिल्ने नाति जाउन, के भएको रहेछ । खाजा पनि खान मन छैन भन्नुभयो ।’ ‘सन्चो नहुन …

Read More »

लघु कथा– क्षणिक चरा

निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल पालेको कपाल काट्दा लामो भएको टुपी, निधारमा बुबाले पूजा सकेपछि धर्का काटेको चन्दन, देख्दा साना पण्डित पिताम्बरलाई सबैले जिस्काउँथे । छोरालाई लिएर शिवराम गुरु रुद्री, सत्य नारायण पूजा गराउन सबेरै जजमानकोमा जान्थे । आजभोलि गर्दै …

Read More »

मेरा कथाका अन्तरङ्ग

सन् १८४२ मा प्रकाशित रुसी कथाकार निकोलाई गोगोलको ‘दि ओभरकोट’ कथा मैले झन्डै ३० वर्षअघि पढेको हुँ । विदेशी लेखकको यो नै मैले पढेको पहिलो चित्ताकर्षक र सुन्दर कथा हो । आधुनिक समयको मान्छेको कथा हो । उक्त कथाको मूल पात्र एउटा गरिब कारिन्दाले विशेष समारोहमा सहभागी हुनका निम्ति किनेको …

Read More »

नारी अस्मिताको खोजीमा ‘चीरहरण’

नीलम कार्की निहारिका समसामयिक साहित्य लेखनमा चिरपरिचित नाम हो । कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी साहित्यकार हुन् नीलम । दुई वर्षअघि ‘अर्की आइमाई’ उपन्यास पस्किएकी नीलम बृहताकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् यो वर्ष । उनले अप्रिल १७ मा अमेरिकाको नर्थ क्यारोलिना राज्यमा ज्येष्ठ महिलाहरुको हातबाट आफ्नो …

Read More »

देश हार्दै छ आज

वैशाख ११ । हिड्ने चाल उही रवाफ छ उही पापी र लोभी उही बग्ने नाल उही जवाफ छ उही सभ्रान्त खोपी उही मैलो देह लिएर शुद्ध कपडा फेर्दा कहाँ हुन्छ र ? यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र ? यस्तै एक दर्जन भन्दा बढी छन्द कविताहरु …

Read More »

कथाः सपना

“मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू प्रमाणित गर्न खोज्दै छ प्रोफेसर राहुलजंग कार्की । “‘” म चुपचाप आँखासम्म …

Read More »

लघुकथाः अग्लो घरको प्रतिष्ठा

० आचार्य प्रभा भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै । पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् आयो । घर नै लडेको भए मेरो के हालत …

Read More »

नयाँ वर्षमा महाभूकम्प

० गीता खत्री, न्यूयोर्क नयाँ वर्षको आगमनसँगै मान्यजन, आफन्त तथा साथीभाइहरुबीच सदा प्रगति, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा सदा सबैको मंगलमयताको कामना गर्दै शुभकामनाहरु आदानप्रदान गर्ने चलन संसारका सबै मानिसहरुमा रहिआएको छ । म सानै छँदा हाम्रो नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सरकारी बिदा र राष्ट्राध्यक्षको सन्देशबाहेक अन्य केही …

Read More »