Home / News / खेलकुद (page 10)

खेलकुद

खेलकुद

खेल मिलेमतो गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा पाँच खेलाडीलाई पक्राउ

असोज २८ । म्याच फिक्सिङ (खेल मिलेमतो) गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले बुधबार कप्तान थापासहित राष्ट्रिय टोलीका खेलाडी रीतेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्री तथा पूर्वखेलाडी अञ्जन केसीलाई पक्राउ …

Read More »

मनाङ–मस्र्याङ्दीसँग प्रहरी बल एपिएफ पराजित

असोज १८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफले खेलको …

Read More »

अख्तियारले समात्यो ठूलो माछा, खेलकुद मन्त्रीलाई कारवाहीको निर्देशन

भदौ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठूला माछा उम्काएको आरोप लागिरहेका बेला अख्तियारले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । मन्त्री पौडेलले पदीय मर्यादा विपरित काम गरेको भन्दै कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको हो । मन्त्री पौडेललाई अख्तियारले राष्ट्रिय खेलकुद परिषदमा सदस्य …

Read More »

हरभजन र गीता बसरा विवाह बन्धनमा बाधिने

भदौ २१ । क्रिकेटर हरभजन सिंह र बलिउड अभिनेत्री गीता बसरा विवाह बन्धनमा बाधिने भएका छन् । २००८ बाट सुरु भएको उनीहरुको प्रेम २९ अक्टुवरमा विवाहमा परिणत हुने भएको छ । रिसेप्शन नोभेम्बर १ मा दिल्लीमा हुने भएको छ । यसमा हरभजनका साथीहरु र टिम इण्डियाका खेलाडी सामेल हुने भएका …

Read More »

कुवेतमाथि नेपालको ८३ रनको फराकिलो जित

नेपालले एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा कुवेतमाथि ८३ रनको फराकिलो जित हात पारेको छ । दिपेन्द्र सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले यो फराकिलो जित हात पारेको हो । प्रतियोगितामा चार खेल खेलेको नेपालको यो तेस्रो जित हो र जितसँगै नेपाल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ …

Read More »

नेपालले मलेसियालाई ८ विकेटले हरायो

भदौ १४ । नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । एसीसी यु–१९ प्रिमियर लिगमा नेपाल मलेसियाविरूद्ध सानदार जित निकालेको छ । मलेसियाको क्वालालाम्पुर मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको आयोजक मलेसियाले नेपाललाई जितका लागि ७६ रनको झिनो लक्ष्य दिएको थियो । मलेसियाको चुनौती नेपालले १४।४ ओभरमा एक विकेट गुमाउँदै …

Read More »

म्यानचेष्टर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायमै

भदौँ ७ । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा सिटीले इभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो । इभर्टनको घरेलु मैदान गोडिसन पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको अन्तिममा लुकाकुको प्रहार बारमा लागेर फर्कदा …

Read More »

सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल

भदौँ २ । पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएको छ। युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बोर्ड बैठकले राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गर्ने निर्णय गरेको हो। बैठकले छैटौंमा समावेशमध्ये चार खेल …

Read More »

लिभरपुलको इंंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित

भदौँ १ । क्रिष्टियन बेन्टेकेका गोलको मदतमा लिभरपुलले इंंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी बोर्नमाउथलाई १–० ले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले २६ औं मिनेटमा बेन्टेकेको गोलबाट अग्रता लिएको थियो । ३२.५ मिलियनले एस्टनभिल्लाबाट लिभरपुल आएका …

Read More »

म्युनिखसँग हामबर्ग ५–० गोल अन्तरले पराजित

साउन ३० । बुन्डेजलिगामा डिफेण्डिङ च्याम्पियन बार्यन म्युनिखले शानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो लिग खेलमा बार्यन म्युनिखले हामबर्गलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एलिनाज एरियामा भएको खेलमा बार्यन म्युनिखले २७ औं मिनेटमा बेन्टिआले गोल गरे । बाँकी चार गोल भने दोस्रो …

Read More »