ePaper-New York

Recent Posts

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोले गरे नेपालको निर्वाचनको प्रशंसा

असोज ८ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गरेको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार …

Read More »

भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाने विषयले एमालेमा खटपट

असोज ८ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी गराए । आजको बैठकमा …

Read More »

पेरिडाँडामा भएको जिप दुर्घटनामा परी दुई प्रहरीको मृत्यु

असोज ८ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको …

Read More »

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

असोज ८ । पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ …

Read More »

प्रदेश नम्बर २ मा पहिलो उपमहानगर एमालेको पोल्टामा

असोज ८ । बारा जिल्लाका दुई उपमहानगरपालिकामध्ये एमालेले पहिलो नतिजा आफ्नो पक्षमा पारेको । एमालेले बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा विजयी हात पारेको हो । कलैया उपमहानगरपालिकामा पनि एमालेले नै अग्रता लिएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका हुन् …

Read More »

भुट्टोको हत्यामा आफ्नो संलग्नता नरहेको पुर्वशासक मुसरफको दावी

असोज ७ । पाकिस्तानका पूर्व सैनिक शासक पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् ।  सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी हत्या भएको थियो । लण्डनबाट भिडियो सन्देश शुक्रबार सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उनका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै …

Read More »

तीन विधेयकमाथि ३० वटा संशोधन

असोज ७ । राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् विधेयक शाखाले दिएको जानकारीअनुसार सत्तारुढ दलद्वय नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा …

Read More »

एक सय स्थानीय तहसहित एक हजार नौ वडाको मतपरिणाम सार्वजनिक

असोज ७ । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ११ बजे प्राप्त विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस …

Read More »

अमेरिका पुगेर देउवाले भने– ‘नेपालको संविधान समावेशिताका लागि विश्वमै अनुपम’

असोज ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताए । संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले …

Read More »

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

असोज ७ । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् । पाल्पाको …

Read More »