ePaper

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति मनीग्रामद्वारा सिटी एक्सप्रेससँगको सहकार्यमा नेपालका विभिन्न स्थानबाट रकम भुक्तानीे सेवा सुचारू  यो सहकार्यबाट विदेशमा बसेका कामदारलाई वर्षैभरि र समायानुकूल तवरले रकम प्राप्त गर्न अब सजिलो काठमाडौँ, २० साउन २०७३ – मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.सँग सहकार्य गरेको छ । विदेशमा काम गरिरहेका नेपालीलाई …

Read More »

Recent Posts

बालुवाटार बैठकमा के–के भयो कुराकानी ?

चैत १० । लामो समयको अन्तरालपछि आज सत्तारुढ र प्रमुख प्रतिपक्षी दल तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाबीच स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र त्यसमा सबै पक्षलाई सहभागी गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको संयुक्त बैठकमा नेताहरुबीच  कुराकानी भयो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा …

Read More »

बालुवाटारमा एमालेसहित शीर्ष नेताको बैठक केहीमा पनि सहमति भएन

चैत १० । सत्तारुढ दल, नेकपा एमाले र मधेसी मोर्चासहितको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । बालुवाटारमा भएको छलफलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भए । आजै चीन भ्रमणमा जान …

Read More »

प्रदेश नम्बर दुईमा फेरि कार्यक्रम गर्ने एमाले निर्णय

  चैत १० । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । पार्टीका सचिव …

Read More »

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छः माओवादी केन्द्र

चैत १० । गोविन्द गौतमको ज्यान जाने गरी कञ्चनपुरमा गोलीकाण्डका सन्दर्भमा भारतले माफी माग्नुपर्ने निष्कर्ष सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निकालेको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न बिहीबार बसेमो माओवादी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर …

Read More »

पूर्व प्रधानमन्त्रीहरुको सुझाव बोकेर प्रचण्ड चीन यात्रामा

चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको …

Read More »

पथरी दुर्घटना, चारको मृत्यु १९ घाइते

चैत १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय …

Read More »

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

चैत १०। चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ । नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो । उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई …

Read More »

नयाँ आइजी चीन भ्रमणपछि मात्र

चैत १०। सरकारले प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण आज शुरु हुँदैछ । सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो …

Read More »

कुन दल कति जिल्लामा दर्ता भए ?

चैत १० । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएका हुन् । संसदको सबभन्दा ठूलो दल …

Read More »

बेलायतको संसदमा हमला प्रयास

चैत १०। बेलायतको संसद् भवनमा बिहीबार हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार …

Read More »