प्रकाशित: २०७४ कार्तिक ०९
चितवनमा अंकित तिवारी गुञ्जदा…(फोटो फिचरसहित)

Image
-Krishna Prasad Bhattarai

बलिउडका चर्चित गायक अंकित तिवारी चितवनका दर्शकमाझ गुञ्जिएका छन् । सोमबार बेलुकी आयोजना गरिएको कन्सर्टमा करिब एक हजार भन्दा बढी दर्शकको बिचमा अंकितले आफ्ना चर्चित ३ गीत गाएका थिए ।

आफ्नो नयाँ भिडियो प्रमोशनका क्रममा नेपाल आइपुगेका अंकितले ‘तेरे गलिया, सुन रहा हे ना तु’ बोलको गीत गाएका थिए । साथै, उनले आफ्नो नयाँ एल्बमको गीत पनि गाएर दर्शकलाई सुनाए ।

कार्यक्रम ढिला सुरु भएका कारण पनि उनले धेरै गीत गाउन पाएनन् । बलिउडका चर्चित पाश्र्व गायक स्टेज चढ्दा दर्शकले हुटिङ गरेर स्वागत गरेका थिए । उनी, आज नै भारत र्फकदै छन् । यस्तै, सो कार्यक्रममा कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’का गायक-गायिकाले पनि प्रस्तुती दिएका छन् । यो चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत गायक सुनिल पाण्डे र गायिका सहिमा श्रेष्ठले गाएर सुनाए ।

उनीहरुले गीत गाउँदा चलचित्रका नायक हसनराजा खानले नृत्य गरेका थिए । दर्शकले वन्स मोरको अफर गरेपछि गायक-गायिकाले फेरि गीत गाएर सुनाए । साथै, कार्यक्रममा चलचित्रको संवाद प्रोमो पनि देखाइएको थियो । ज्याजी इन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो ।

२०७४ कार्तिक ७ गते १२:२६ मा प्रकाशित (२०७४ कार्तिक ८ गते ११:४६मा अद्यावधिक गरिएको)