प्रकाशित: २०७४ मंसिर ०९
गौचन हत्याका नाइके विदेशबाट व्यापारीलाई धम्क्याएर रकम उठाउँदै

Image

-विश्व न्यूज संबाददाता
 
मंसिर ९। निर्माण व्यवसायी महासंघका अध्यष शरदकुमार गौचन हत्याका नाइकेहरुले विदेशबाट फोन गरी व्यपारीलाई धम्क्याएर रकम असुलिरहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 
गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् ।
 
उनीहरु सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।