प्रकाशित: २०७४ मंसिर १०
अल्फा बिटा अन्तर कलेज फुटसलको उपाधि आइडिएल कलेजलाई

Image

-विश्व न्यूज संबाददाता

शंखमुलस्थित शंखमुल फुटसल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आइडिएल कलेजलाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ ।  

 

उपाधि बिजेता टाइम्सका लागि विवेक गुरुङले २ गोल गर्दा सन्तोष महत, अनिश कार्की, अनिल खडक र आशिष सुनामले एक एक गोल गरे । यता आइडिएलका लागि उर्केन शेर्पाले २ गोल गरे भने सागर स्याङतान, अमित लामा र सुरज जेउ ठकुरीले १ गोल गरे । उपाधिसँगै टाइम्स कलेजले १ लाख पुरस्कार पायो भने आइडिएलले ६० हजारमा चित्त बुझायो ।

सेमीफाइनलमा आइडिएलले साइपाललाई ३–२ र टाइम्सले काञ्जिरोवालाई ४–१ गोलले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।

तेस्रो स्थानका लागि भएको खेलमा साइपालले काञ्जिरोवामाथि ९–० गोलको फराकिलो जित निकाल्दै तेस्रो स्थानमा रहेर ४० हजार पुरस्कार पायो । साइपालका लागि मुकेश तामाङ एक्लैले ४ गोल गरेका थिए ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडी आइडिएल कलेजका सुरज जेउ ठकुरी चुनिए । उनले १० हजार पुरस्कार पाए । प्रतियोगिताभर ११ गोल गरेका साइपाल कलेजका मुकेश तामाङले पनि सर्वाधिक गोलकर्ताका रुपमा १० हजार पुरस्कार पाए । तीन दिनसम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ कलेजका टोलीहरुको सहभागिता थियो ।

पुरस्कार बिजेतालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार वितरण गरे ।