प्रकाशित: २०७४ मंसिर १०
कपाल काट्दै रचेको गीतले बजार ततायो

Image

-विश्व न्यूज संबाददाता
न्युयोर्क अमेरिका 
यतिबेला हिजो मात्रै रिलिज भएको गीतले बजार तताएको छ ।  न्युयोर्कमा बस्दै आएका पासाङ शेर्पाले रचना गरेको ‘नरोऊ तिमी भन्छौ भने हाँस्ने आधार देखाइदेऊ’ भन्ने बोलको आधुनिक गीतको चर्चा बढ्दैछ । नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेको उक्त गीत गायिका निकिता थापाले गाएकी हुन् । ज्याक्सन हाइटको ७४ स्ट्रिटमा स्ट्राइकिङ स्टायल हेयर सुलन सञ्चालन गर्दै आएका पासाङले कपाल काट्ने पेशा संगै बेला÷बेला गीत रचना गर्दै आएका छन । ‘मेरो पारिवारिक माहोल पनि सांगितिक थियो । गायक लाक्पा शेर्पा मेरो माइलो भिनाजु हो । पहिले पहिले मैले लेखेको गीत उहाँले गाइदिने भएकोले पनि मलाई गीत लेख्न प्रेरणा मिल्यो,’ उनले भने, ‘पछिल्लो समय मेरो रचना लोकप्रिय गायक गायिकाले गाउन थालेका छन् ।’ हालसम्म उनले लेखेको २० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गायिका अन्जु पन्तले गाएको आकाश हे¥यो उस्तै लाग्छ..... मात्रै होइन सुनसान रातमा....,गायक लाक्पा शेर्पाले गाएको साँझ ढलेको थाहै पाइन.....बोलको गीतले पनि निकै चर्चा कमाएको थियो । साँझ ढलेको थाहै पाइन गीतको अमेरिकामै म्युजिक भिडियो तयार पारिएको हो ।   
थुप्रै गीतका शब्द रचना गरिसकेका शेर्पाको रचनालाई मन पराएर नेपालका चर्चित गायक गायिकाले रेकर्ड गराउन थालेका छन् । उनले रचेका शब्द अत्यन्तै मार्मिक र ज्वलन्त हुने गर्छन । हिजो मात्रै युबट्युबमा रिलिज गरिएको गीत १ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् । धेरैले शब्दले मन छोएको भन्दै कमेन्ट पठाएका छन् । नायक नायिकाको अभिनय उत्कृष्ट रहेकाले पनि म्युजिक भिडियो निकै राम्रो बनेको छ । 
सोलुखुम्बुको लुक्लामा जन्मिएका पासाङ अमेरिका आएको झण्डै १२ वर्ष भयो । आउने बित्तिकै कपाल काट्न सिकेर यसैलाई पेशा बनाए । ज्याक्सन हाइटमा उनले हेयर सलुन सञ्चालन गरेको पनि १० वर्ष भैसक्यो । २/३ जना कर्मचारी राखेर विहानदेखि बेलुकै सम्म व्यस्त हुने उनी थोरै फुर्सद पाउने बित्तिकै शब्द चनामा समय खर्चिन्छन् ।  
पछिल्लो समय नेपाल आइडल बुद्ध लामा र उनीहरुको समुह निशान भट्टराई, प्रताप दासका लागि पनि शब्द तयार पारिदिएका छन् । लोकप्रिय गायक हेमन्त राना र चर्चित गायक तथा कम्पोजर कालीप्रसाद बास्कोटासंग मिलेर गीत रेकर्ड गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘अब आफ्नै शब्दहरु संकलन गरेर एल्बम निकाल्ने योजना छ’ उनले भने ।   https://www.youtube.com/watch?v=YNAXyy4pU9A