प्रकाशित: २०७४ मंसिर १०
क्यान्सर सेन्टरको शुरुवात गर्दै स्टार हस्पिटल

Image

-विश्व न्यूज संबाददाता

मंसिर १० । काठमाण्डौको सानेपास्थित स्टार हस्पिटलले क्यान्सर उपचार सेवा सुरु गरेको छ । हस्पिटलले काठमाण्डौ क्यान्सर सेन्टर संगको सहकार्यमा स्टार काठमाण्डौ क्यान्सर सेन्टरको शुरुवात गरेको हो ।

 

सो सेन्टरको आईतबार विशेष समारोहकाबीच महिला बालबालिका तथा समाजकल्याणमन्त्री बिक्रम बहादुर थापाले उद्घाटन गरेका छन् । क्यान्सरका बिरामीलाई घरायसी वातावरणमा उच्च स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप क्यान्सर उपचार सेवा सुरु गरेको अस्पतालका अध्यक्ष ईन्जिनियर बसन्त चन्द्र मरहठ्ठाले जानकारी दिएका छन् ।

 

सेन्टर उद्घाटन समारोहमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक डाक्टर शैल रुपाखेती र काठमाण्डौ क्यान्सर सेन्टरका तर्फबाट सेन्टरका मेडिकल इाईरेक्टर डाक्टर सिमित सापकोटाले सेवा संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।