प्रकाशित: २०७४ मंसिर १०
केहो ‘सेल्फी इल्बो’ ? कसरी पाउने यसबाट मुक्ति ?

Image

-विश्व न्यूज संबाददाता

घन्टौसम्म मोबाईल खेलाउँदा किशोर किशोरीमा नसासम्बन्धि गम्भीर समस्या बढ्न थालेको छ । अत्याधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औलाका नसामा समस्या बढेको समाचारहरु सार्वजनिक हुनथालेका छन् ।

अहिले फेरी अर्को समस्याको रुपमा देखा परेको छ, सेल्फी इल्बो । अत्याधिक सेल्फी खिच्ने कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भन्न  थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न पुगेको छ ।

धेरै  सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न चिकित्सकहरुको सुझाब छ । माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिन्छ । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको देखिएको छ ।  

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बनाउन थालेको हो ।

पछिल्ला समयमा किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पनि पाइएको चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुले अत्याधिक सेल्फी खिच्नेलाई सेल्फी स्टिक प्रयोग गर्न सुझाब दिएका छन् ।