प्रकाशित: २०७४ मंसिर ११
कमोड़ीटि कारोबारमा रोक, वस्तु विनिमय सम्बधि ऐन लागु हुदै

Image

-विश्व न्यूज संबाददाता

मंसिर ११ । सरकारले गत भदौ ११ गते देखि लागू गरेको बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ लागु गर्दैछ । धितोपत्र बजारको साथै वस्तु विनिमय बजारको नियमन,  अनुगमन तथा त्यस सम्बन्धी सम्पुर्ण जिम्मेवारी धितो पत्र बोर्डलाई दिए पछि बस्तु विनिमयको बजार व्यवस्थित हुने भएको हो ।

नियमनकारी निकाय तथा आवश्यक नीति नियमको अभावमा अव्यवस्थित बन्दै आएको बस्तु विनिमय बजार अब व्यवस्थित हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बस्तु विनियम बजार सम्बन्धी नियमावली बनाई लागु गरे संगै वस्तु विनिमय बजार व्यवस्थित हुने भएको हो ।

 

बोर्डले सोमबार पत्रकार सम्मेलन गरि वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अनुसार नियमावलि बनाईएको र सो नियमावलि आजैका मिति देखि लागु भएको जनाएको छ ।

बोर्डले नियमावलि लागु गरेसंगै अब वस्तु विनिमय बजार संचालन गर्न चाहनेले बोर्डबाट स्वीकृति लिनुपर्ने छ । त्यसैगरी वस्तु विमिय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी ५० करोड रुपैया हुनुपर्ने छ । यो नियमावली लागु भएसंगै कसैले पनि वस्तु विनिमय बजारको कूल शेयर पूँजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न पाईने छैन ।

नियमावलि लागु भएसंगै अव व्यवसायीले कारोबार पुर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने छ । वोर्डको निर्देशन अनुसार काम नभएमा १० लाख सम्म जरिवाना वा ५ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था पनि नियमावलिमा गरिएको छ ।

नियमावलि आए संगै नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमनको दायरामा आई बजार नियमित, व्यवस्थित र विश्वसनिय स्वच्छ तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधिकरणको लागि नया क्षेत्र खुल्ने अपेक्षा वोर्डले गरेको छ ।