प्रकाशित: २०७४ मंसिर १२
नेपाली बजारमा कोकाकोलाको दोस्रो ठुलो उत्पादन

Image

-विश्व न्यूज संबाददाता

मंसिर १२ । नेपाली बजारमा किन्ले ब्राण्डको पानी भित्रिएको छ । कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी ल्याएको हो ।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी कोकाकोलाले किन्ले ब्राण्डको पानी ल्याएको जानकारी गराएको हो ।

कार्यक्रमम किन्ले ब्राण्डको शुद्ध पीउने पानीको ब्राण्ड एम्बेसडर राजेश हमाल, कोकाकोलाका नेपाल प्रमुख अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

बजारमा उपलब्ध एक लिटरको किन्ले पानीको मुल्य २५ रुपैया रहेको छ ।

शुद्ध पिउने पानीको रुपमा वेभरेज बजारलाई लक्षित गरेर नेपाली बजारमा ल्याईएको किन्ले कोकाकोलाको नेपाली बजारमा दोश्रो ठुलो उत्पादन हो ।