प्रकाशित: २०७४ मंसिर १४
एक सय २८ मध्ये १ सय ५ स्थान जित्ने एमाले महासचिव पोखरेलको दावी

Image

-विश्व न्यूज संबाददाता
काठमाडौँ, मंसिर १४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले  काठमाडौंका सबै क्षेत्रमा वामगठबन्धनले जित्ने दावी गरेका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता पोखरेलले काठमाडौंका सबै क्षेत्र सुनिश्चित भएको बताए ।  
बाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा पनि अत्यधिक क्षेत्रमा बवाम गठबन्धनको जित सुनिश्चित भएको बताए । दोस्रो चरणमा पनि धेरै क्षेत्र सुनिश्चित भएको उनको भनाई थियो । 
प्रतिनिधि र प्रदेश सभाको चुनाव  ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह गरे ।  निर्वाचनपछि वामगठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने बताए ।  सविधान र घोषणापत्रका आधारमा सरकार सञ्चालन हुने उनको भनाई थियो । 
बाम गठबन्धनबाट हतास मनिस्थितिका कारण दुष्प्रचार गरिएको भन्दै पोखरेलले  नकारात्मक प्रचार गरिएकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । सरकारले नै योजनाबद्व ढंगले हिंसात्मक गतिविधिलाई प्रशय दिएको महासचिव पोखरेलले आरोप लगाए ।  ‘हाम्रो गठबन्धन कसैको विरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन,–‘उनले भने ।  
महासचिव पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानले प्रदत्त गरेका ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताए ।  कांग्रेसकै कार्यकर्ताको घरमा बम भेटिनु गम्भीर कुरा भएको उनको भनाई थियो । ‘हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन्, यसले गम्भीर आशंका पैदा भएको छ’–उनले भने ।  
गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमा भेटिएको बमका सम्बन्धमा नेपाली कांग्रेस तथा सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गरे । ‘कम्युनिस्ट समस्या लिएर आउँदैन्, समाधान दिन्छन्’–उनले भने ।  नयाँ ढंगले देशको आर्थिक विकासमा लाग्न कम्युनिस्ट गठबन्धन आतुर भएको उनको थियो । 
चुनावपछि मात्रै पार्टी एकताबारे बहस गरेर टुंगोमा पुगिने महासचिव पोखरेलले बताए ।  ‘मंसिर ९ गते पार्टी एकता गलत नियतले उठाइएको थियो’ उनले भने ।  ‘को के भन्ने र कस्तो रणनीति लिएर पार्टी एकटा गर्ने चुनावपछि बृहत छलफलपश्चात टुंगोमा पुग्ने छौं’ उनले भने ।  दोस्रो चरणमा मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र जित सुनिश्चित भएको महासचिव पोखरेलले बताए ।