प्रकाशित: २०७४ मंसिर १४
‘स्टाइल अफ एसिया’ र्याम्पमा नेपाली पोशाक

Image

-विश्व न्यूज संबाददाता

अस्टिन, टेक्सस । टेक्ससको अष्टिनमा सम्पन्न सांस्कृतिक फेशन प्रदर्शनीमा नेपालसहित एसिया महादेशका १३ देशका सहभागीले आ–आफ्नो देशको पहिचान झल्किने पोशाक प्रदर्शन गरेका छन् । आ–आफनो देशभित्रका विभिन्न समुदाय तथा जातजातिले लगाउने पोशाकसहित सहभागीहरु ¥याम्पमा उत्रिएका थिए ।

‘स्टाइल अफ एसिया’ नाम दिइएको कार्यक्रम सिटी अफ अष्टिनको सहयोगमा अष्टिनस्थित एसिएन अमेरिकन रिसोर्स सेन्टरमा सम्पन्न भएको थियो । नेपालसहित एसियाका भारत, चीन, पाकिस्तान, इण्डोनेसिया, थाइल्याण्डलगायत देशका सहभागीहरुलाई आयोजकले दुई चरणमा ¥याम्पमा उतारेको थियो । कार्यक्रममा अष्टिनमा बस्ने अनुसा ढकाल, स्वप्निल भुजेल, अभिनव खतिवडा, डिम्पल अधिकारी, आशा सुवेदी, पंकित अधिकारी, सेलिका सेन, सक्षम थापा र श्रीला श्रेष्ठ गरी ९ जना नेपाली सहभागीले नेपाली पहिचानका विभिन्न पोशाक प्रदर्शन गरेका थिए ।