प्रकाशित: २०७४ मंसिर १५
राजधानीमा देश विदेशका खरिदकर्ताको जमघट

Image

-विश्व न्यूज संबाददाता

काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल चेम्बर एक्स्पो’ सुरु भएको छ । राष्ट्रपति विद्या भण्डारीले एक कार्यक्रमका बीच एक्स्पोको उदघाटन गरेकी छन् । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वैदेशिक व्यापारमार्फत् मुलुकको आर्थिक उन्नति गर्न एक्स्पो आयोजना गरिएको स्पष्ट पारेका छन् । उनले एक्स्पोमा अन्तराष्ट्रिय स्तरका क्रेता र विक्रेताबीच मिलन हुने र त्यसले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरेका छन् ।

 

मुलुकको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा ९० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसहित २ सय २५ वटा स्टल रहेका छन ।

स्टलमा विभिन्न खानाका परिकार, अटोमोवाईल, मोटरसाईकल, इलेक्ट्रोनिक्स सामानहरु पनि राखिएका छन् ।

 

५ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायतका देशहरु सहभागी भएका छन । एक्स्पोमा ३ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।