प्रकाशित: २०७४ कार्तिक २१
बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

Image
-samir

लन्डन, एजेन्सी  – बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। 

उक्त तथ्यको खुलासा संसारका करिब १ सय भन्दा बढी सञ्चार माध्यमहरूले गरेका छन् । महारानी एलिजावेथले करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी लगानी बाह्य क्षेत्रमा गरेको र उक्त लगानीमा कर छली भएको खुलासा भएको छ। 

उक्त लगानीबाट महारानी एलिजावेथले करिब ५० करोड पाउन्ड बराबरको निजी सम्पति बनाएको अनुसन्धानले बताएको छ । महारानी एलिजावेथले बाह्य कम्पनीमा गरेको लगानीका कारण उनीमाथि नैतिक प्रश्न खडा भएको छ। 

उनले ब्राइट हाउस नामक एक निजी कम्पनीमा लगानी गरेको समेत एक अनुसन्धानले सार्वजनिक गरेको छ । उक्त कम्पनीमा कामदारमाथि चरम शोषण हुने गरेका सञ्चार माध्यमहरूले खुलाएका छन्।  

महारानी एलिजावेथ लगायत कन्जरभेटिभ पार्टीका अन्य नेताहरू माथि पनि उक्त आरोप लागेको छ।