प्रकाशित: २०७४ कार्तिक २१
एमाले–माओवादीे गठबन्धन प्रतिक्रियावादी : मोहन बैद्य

Image
-Krishna Prasad Bhattarai
कार्तिक २१ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने दावी गरेको छ । पार्टीका महासचिव बैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने तर्क गर्नु भएको हो ।
 
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने दावी गरेको छ । पार्टीका महासचिव बैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने तर्क गर्नु भएको हो । दुइ पार्टी बीचको एकताले समग्र बाम गठबन्धनको प्रतिनिधित्व नगर्ने वैद्यको भनाइ रहेको छ ।  
 
अक्टोबर क्रान्तिको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन प्रतिक्रियावादीकरण भएको दावी समेत गर्नु भयो । महासचिव बैद्यले नयाँ ढंगले क्रान्तिको तयार गर्न पनि बामपन्थी शक्तिहरुलाई आह्वान गर्नु भयो ।
 
महासचिव बैद्यले सर्वहारा क्रान्तिको सिद्धान्त अविनाशी भएको तर्क पनि गरेका छन्