प्रकाशित: २०७४ मंसिर १८
'यति' नभएर अर्कै प्रजाति भएको वैज्ञानिकको दावी

Image

-विश्व न्यूज संबाददाता

यति भन्ने बित्तिकै हिमालमा पाइने डर लाग्दो हिममानव भन्ने बुझाई रहेको पाइन्छ । जसको बारेमा थुप्रै चलचित्रहरु पनि बनि सकेका छन् । तिनीहरुको बारेमा थुप्रै खोज अनुसन्धान पनि नभएका होइनन् अझै पनि भइ रहेका छन् । अनुसन्धान कै क्रममा तिनीहरुका खुट्टाका चिन्ह भेटिएका त हिममानवको आक्रमणबाट घाइते भएका समाचार पनि नआएका होइनन् ।

तर पछिल्लो समय वैज्ञानिकहरुले हिमाली क्षेत्रमा पाइने जीव हिममानव नभएर भालुको एक प्रजाति भएको खुलासा गरेका छन् । यी जीवहरुको बारेमा खोज अनुसन्धानमा खटिएका वैज्ञानिक तथा यूनिवर्सिटी ऑफ बफैलो कॉलेज ऑफ आर्टस एंड साइंसका प्रोफेसरहरुले ति जीवका दाँत, छाला, हड्डी लगायत प्रमाणहरुबाट भालु भएको पुष्टि गरेका छन् ।

हिउ तथा धेरै अग्लो स्थानमा आफ्नो बासस्थान बनाएका कारण यी भालुहरु बदलिंदै जाँदा अरु भालु प्रजाति भन्दा भिन्न भएको पनि बताएका छन् ।

 

एजेन्सी