प्रकाशित: २०७४ मंसिर १८
शेखर कोइरालाको ओलीलाई चुनौती– ‘बिपीको माया भए काँग्रेसमा आउनुस्’

Image

-विश्व न्यूज संबाददाता
 
मोरङ, १८ मंसिर ।  नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई काँग्रेसमा आउन सुझाव दिएका छन् ।  
काँग्रेस मोरङ क्षेत्र न. ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भने, ‘विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।’ 
 
उनले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, ढल, नाला निर्माण शुद्ध खानेपनी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।  सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबाबु पण्डित तथा प्रदेशसभामा रमेशप्रसाद पोखरेल चुनावी मैदानमा छन् ।