प्रकाशित: २०७४ मंसिर १९
कार्यदिशा तय गर्न टेक्सस च्याप्टरको अन्तरक्रिया

Image

-विश्व न्यूज संबाददाता
कार्यदिशा तय गर्न टेक्सस च्याप्टरको अन्तरक्रिया
डलास (टेक्सस), ४ डिसेम्बर । 
गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिका टेक्सस च्याप्टरले भावी कार्यदिशाबारेअन्तरक्रिया गरेको छ । संस्थाको कार्ययोजनामा सबैंको सहभागिता गराउने उद्देश्यले टेक्सस च्याप्टरले विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अगुवाहरुसग अन्तरक्रिया गरेको हो । 
च्याप्टर गठन भए पश्चात गरिएका कार्यहरु बारेमा जानकारी दिदैं संस्थाले आगामी २ वर्ष भित्र गर्ने भनी तय गरेको तत्कालिन तथा दिर्घकालिन योजनामा केन्द्रीत रहेर सुझाव लिएको थियो ।  
एनआरएन टेक्सस च्याप्टरको अध्यक्ष भानु खरेलको अध्यक्षता तथा  महासचिब पदम ठकुराठी संचालन गरेको कार्यक्रममा  एनआरएन अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साह लगायत झण्डै तीन दर्जन संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा  टेक्सस च्याप्टरको नव गठित समितिलाई एनआरएनए अमेरिकाका  बरिष्ठ उपाध्यक्ष सुनिल साहले पद तथा गोपनियताको सफत गराएका थिए ।   अध्यक्ष भानु खरेलको नेतृत्वको च्याप्टरमा  उपाध्यक्ष द्रोण गौतम, महासचिब पदम ठकुराठी, कोषाध्यक्ष सतिश ओझा, महिला कोअर्डिनेटर ज्योति ओझा, युथ कोअर्डिनेटर रुपेश न्यौपाने, सदस्यहरु जगदीश काफ्ले, अनु रिमाल, निलिमा श्रेष्ठ, अमरनाथ साह, आनन्द कुमार यादब रहेका छन् । 
च्याप्टरमा नया समिति आएपश्चात ह्युष्टनमा वाढी प्रभावितलाई सहयोग उपलब्ध गराउनेदेखि सुरुवाती तत्कालिन आवश्यकताको काम गरिएको बताउदैं च्याप्टर अध्यक्ष भानु खरेलले च्याप्टरको वेभसाइट निर्माण तथा सामाजिक संजालमा पेज निर्माण गर्ने काम सुरु गरिएको, बैंक खाता संचालन प्रक्रिया अघि वढाइएको बताउदैं आन्तरिक रुपमा च्याप्टरलाई बलियो बनाउदैं सचिवालय चुस्त बनाउने काममा लागिएको बताए । टेक्सस राज्य ठुलो राज्य भित्र पर्ने भएकाले क्षेत्रगत रुपमा समेत काम गर्ने तर्फ लागिएको बताउदैं स्थानीय तहमा स्थानीय संघ संस्थासग मिलेरनै काम गरिने जनाए । एनआरएनए सदस्यता वृद्दि, एनआरएनए परिचयपत्र वितरण, युवा लक्षित क्यारियर विल्डिगं कार्यशाला, विभिन्न क्षमतावृद्दिका कार्यक्रम, नेपाली दुतावास तथा कन्सुलेटको सगको सहकार्यमा राहदानी फाराम संकलन लगायतका कार्यक्रम, यहाको समुदायसग नेपाली समुदायलाई जोड्ने विभिन्न कार्यक्रम बनाउने तर्फ च्याप्टरले काम गर्ने उनले बताए । 
 
अरकानसस फोकल पर्सनमा सरोज 
 यसैविच, गैर आवासीय नेपाली संघ अमेरिकाको केन्द्रीय हेल्प डेस्क अन्तर्गत अरकानसस राज्यको फोकल पर्सनको जिम्मेवारी सरोज सिग्देललाई दिइएको छ । एनआरएनएको च्याप्टर नभएको सो राज्यमा च्याप्टर निर्माणका लागि सदस्यता बढाउदैं वातावरण निर्माणमा लाग्ने सिग्देलले बताए । तत्कालका लागि सहयोग आवश्यक पर्नेहरुका लागि अरकानससमा फोकल पर्सनको रुपमा आफुले काम गर्ने र भविष्यमा एनआरएनएको च्याप्टर अरकानससमा पनि गठन गर्न आफु लाग्ने उनले जनाए ।