प्रकाशित: २०७४ मंसिर २१
पहिलो चरणको मतदान भएको स्थानमा मतगणना शुरु

Image

-विश्व न्यूज संबाददाता
काठमाडौँ, मंसिर २१ । दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणको मतगणना शुरु भएको छ । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा मतगणना शुरु भएको छ । त्यसैगरी ओखलढुंगा, सिन्धुपाल्चोकलगायतका जिल्लाको पनि मतगणना शुरु भएको छ ।  मनाङको अन्तिम परिणाम आजै रातिसम्म आइसक्ने अनुमान गरिएको छ । दोस्रो चरणमा भएको मतदानको भने भोलिबाट मात्रै मतगणना शुरु हुने छ ।