प्रकाशित: २०७४ मंसिर २१
काठमाडौँका मेयर शाक्यलाई आक्रमणको प्रयास

Image

-विश्व न्यूज संबाददाता
काठमाडौँ, मंसिर २१ । काठमाडौँ क्षेत्र नम्बर–९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आक्रमणको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–२१ को लगनटोल नजिक उहाँलाई ध्यानगोविन्दका छोराले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास समेत गरेपछि सुरक्षाकर्मीले जोगाएका थिए । मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका हुन् । ‘सुरक्षाकर्मीको सतर्कताले मलाई केही भएन,’ मेयर शाक्यले भने– ‘मलाई दुव्र्यवहार गर्दै उहाँसहित केही व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।’ २१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए । एमालेले क्षेत्र नम्बर–९ मा कांग्रेस हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।