प्रकाशित: २०७४ मंसिर २१
दोस्रो चरणमा ६७ प्रतिशत मतदानः निर्वाचन आयोग

Image

-विश्व न्यूज संबाददाता

काठमाडौँ, मंसिर २१ । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले देशका ४५ जिल्लामा ६७ प्रतिशत मतदान शान्तिपूर्णरुपमा भएको जानकारी दिए । पहिलो चरणमा भन्दा दोस्रो चरणमा बढी मत खसेको छ ।