प्रकाशित: २०७४ मंसिर २१
रुकुम, सिन्धुपाल्चोक, भोजपुर र जाजरकोटमा वामगठबन्धन अघि

Image

-विश्व न्यूज संबाददाता

काठमाडौँ, मंसिर २१ । रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् । नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् । त्यसैगरी जाजरकोटको प्रारम्भीक मत परिणाम अनुसार  वामगठबन्धनका शक्ति बस्नेतले ६१३ र कांग्रेसका राजिव विक्रम शाहले ४३४  मत प्राप्त गरेका छन् ।  यी जिल्लासँगै पहिलो चरणमा मतदान भएका ३२ जिल्लाका ३७ स्थानको मतगणना शुरु भएको छ । सिन्धुपाल्चोकमा पनि वामगठबन्धनका अग्नी सापकोटाले अग्रता लिएको प्रारम्भीक नतिजा आएको छ  ।  वाम गठबन्धनका सापकोटाले ७३५ मत ल्याउँदा कांग्रेसका मोहनबहादुर बस्नेतले ३३५ मत ल्याएका छन् ।  

त्यसैगरी भोजपुरको प्रदेशसभा ख को पनि पहिलो अपडेट सार्वजनिक भएको छ । जसमा वाम गठबन्धनका शेरधन राई एमाले ४६७ र कांग्रेसका गोविन्द कार्कीले २७१ मत ल्याएका छन् ।